आईफोन १७ नयाँ रङहरूमा आउने

Technology Khabar १३ श्रावण २०८२, मंगलवार

काठमाडौं ।

यस वर्ष आउने आधारभूत आईफोन १७ मोडेलमा नयाँ रङ विकल्पहरूको रूपमा हरियो र बैजनी रङहरु समावेश हुने अपेक्षा गरिएको छ।

नयाँ आईफोन १७ को आधारभूत मोडेल कस्तो देखिन सक्छ भनेर उद्योग भित्रबाट एक स्रोतले लुलासा गरेको विदेशी मिडियालाई उद्धृत गर्दै टेलीग्राफले रिपोर्ट गरेको छ।

यी नयाँ रङहरूको साथ आईफोन १७ ले आफ्नो आधारभूत मोडेललाई आश्चर्यजनक देखिने प्रवृत्तिलाई जारी राख्नेछ।

साथै एप्पलले यस वर्ष प्रत्येक मोडेललाई १२० हर्ज डिस्प्लेले सुसज्जित गर्ने सबै रिपोर्टहरूले संकेत गरेका छन्।

यसबाहेक, यदि आपूर्ति श्रृंखला अभावले उत्पादनमा उल्लेखनीय प्रभाव पारेन भने, सबै आईफोन १७ मोडेलहरू १२ जीबी र्यामको साथ आउनेछन्।

अर्को वर्ष रिलिज हुने सम्भावना रहेको फोल्डेबल आईफोनको साथ एप्पलले भर्खरै लन्च गरिएको ग्यालेक्सी जेड फोल्ड ७ सहित सामसङका प्रमुख मोडेलहरूलाई प्रशस्त मात्रामा प्रतिस्पर्धा दिनेछ।

प्रकाशित: १३ श्रावण २०८२, मंगलवार

तपाइको प्रतिक्रिया