च्याटजीपीटीको कुराकानीलाई अदालतमा प्रमाणको रूपमा प्रयोग गर्न सकिने साम अल्टम्यानको चेतावनी

  • Technology Khabar | १२ श्रावण २०८२, सोमबार
च्याटजीपीटीको कुराकानीलाई अदालतमा प्रमाणको रूपमा प्रयोग गर्न सकिने साम अल्टम्यानको चेतावनी

काठमाडौं ।

ओपनएआईका सीईओ साम अल्टम्यानले च्याटजीपीटीको अत्यधिक प्रयोगसँग सम्बन्धित खतराहरूको बारेमा चेतावनी दिएका छन्। विशेष गरी युवाहरूले व्यक्तिगत वा भावनात्मक सल्लाहको लागि यसलाई बढि प्रयोग गर्ने उनले बताए।

बिरामी र चिकित्सक, वा ग्राहक र वकिल बीचको सम्बन्ध जस्तोको मामलामा जोड दिँदै कृत्रिम बुद्धिमत्तासँगको कुराकानी कानुनी रूपमा सुरक्षित नभएको अल्टम्यानले भने।

त्यसकारण, सीईओ अल्टम्यानको अनुसार, यसको अर्थ अब च्याटजीपीटीमा साझा गरिएको जानकारी अदालतमा प्रमाणको रूपमा प्रयोग गर्न सकिन्छ भनि टेलिग्राफले रिपोर्ट गरेको छ।

धेरै मानिसहरूले आफ्नो जीवनबाट एआईलाई धेरै व्यक्तिगत विवरणहरू बताउँछन्, जसको कानुनी मुद्दाहरूमा गम्भीर परिणाम हुन सक्छ भनि अल्टम्यानले औंल्याएको उल्लेख गरिएको छ।

यस बाहेक मानसिक स्वास्थ्य पेशेवरहरूसँगको जस्तो गोपनीयताको स्तर हुनुपर्ने उनले थप उल्लेख गरे।

त्यसैगरी अल्टम्यानले व्यक्तिगत निर्णय लिने कार्यको लागि च्याटजीपीटीमा अत्यधिक निर्भरताको बारेमा चिन्ता पनि व्यक्त गरेका छन्।

अल्टम्यानका अनुसार, युवाहरूले जीवनको हरेक मुद्दामा एआई लाई “अन्तिम आवाज” मान्ने गरेका छन् जुन चिन्ताजनक विषय बनेको उल्लेख गरिएको छ।

ओपनएआईले यो बढ्दो समस्यालाई सम्बोधन गर्ने तरिकाहरू खोज्न काम गरिरहेको छ भनि उनले जोड दिएको टेलिग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: १२ श्रावण २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार