Technology Khabar ११ श्रावण २०८२, आईतवार
काठमाडौं ।
डिजिटल बैंकिङ्ग प्रविधिको नयाँ अनुभव महसुस गरी ग्राहकहरुलाई सहज र सरल रुपमा सुविधा दिने उद्देश्यले सानिमा बैंकले फोनपेसँगको सहकार्यमा अन्तर बैंक टेलर क्यूआर कारोबार सेवा सञ्चालनमा ल्याएको छ।
यो सेवा अन्तर्गत ग्राहकहरुले फोनपे नेटवर्कमा आबद्ध अन्य बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङ्ग एप प्रयोग गरी सानिमा बैंकको कुनै पनि शाखाबाट रकम झिक्न सकिने बैंकले जनाएको छ।
बैंकको दावीअनुसार यो सेवाले दुर्गम स्थानका शाखामा सिमित एटिएम पहुँच भएका ग्राहकहरूलाई आपतकालीन अवस्थामा रकम झिक्न सहयोग गर्नेछ। साथै, अन्य सेवा शुल्क जस्तै अनलाइन शुल्क/एफसीवाई सटही भुक्तानीका लागि पनि उपयोगी हुनेछ।
सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२७ वटा ए.टि.एम.हरु सञ्चालनमा रहेका छन्।
प्रकाशित: ११ श्रावण २०८२, आईतवार