ह्वाट्सएपले चाँडै नै फेसबुक र इन्स्टाग्रामबाट प्रोफाइल फोटोहरू इम्पोर्ट गर्न दिने

  • Technology Khabar | ११ श्रावण २०८२, आईतवार
ह्वाट्सएपले चाँडै नै फेसबुक र इन्स्टाग्रामबाट प्रोफाइल फोटोहरू इम्पोर्ट गर्न दिने

काठमाडौं ।

ह्वाट्सएपमा अहिले, नयाँ प्रोफाइल फोटो अपलोड गर्नका लागि तीन ओटा विकल्पहरू उपलब्ध छन्। फोनको क्यामराले नयाँ तस्बिर खिचेर, ग्यालरीबाट एउटा चयन गरेर वा “एआई इमेजेज” सुविधा प्रयोग गर्दै व्हाट्सएपमा आफ्नो नयाँ प्रोफाइल फोटो अपलोड गर्न सकिन्छ।

गत महिना, ह्वाट्सएपले प्रयोगकर्ताहरूलाई उनीहरूको प्रोफाइल फोटोसँगै कस्टमाइज अवतार प्रदर्शन गर्न दिने काम गरिरहेको सुन्नमा आएको थियो। यसै क्रममा अब, मेटा–स्वामित्वको कम्पनीले चाँडै नै प्रयोगकर्ताहरूलाई आफ्नो फेसबुक र इन्स्टाग्राम खाताहरूबाट प्रोफाइल फोटोहरू इम्पोर्ट (आयात) गर्न दिने थाहा हुन आएको छ।

डब्ल्यूएबीटाइन्फो बाट खुलासा भएको यो जानकारीका अनुसार एन्ड्रोइडको प्रोफाइल मेनुको लागि व्हाट्सएपमा अब फेसबुक र इन्स्टाग्रामबाट सिधै प्रोफाइल फोटोहरू आयात गर्न दुई नयाँ विकल्पहरू उपलब्ध हुने भएको छ।

फेसबुक वा इन्स्टाग्राम चयन गर्नाले अब प्रयोगकर्ताहरूलाई व्हाट्सएपमा लिङ्क गरिएको फेसबुक/इन्स्टाग्राम खाताबाट प्रोफाइल फोटोहरू आयात गर्न अनुमति दिनेछ।

“यो सुविधा वैकल्पिक र डिफल्ट (पूर्वनिर्धारित) रूपमा बन्द गरिएको छ र फेसबुक/इन्स्टाग्रामबाट सिधै प्रोफाइल फोटोहरू आयात गर्न व्हाट्सएपलाई मेटाको अकाउण्ट सेन्टर (खाता केन्द्र) सँग लिङ्क गर्नाले व्हाट्सएपको गोपनीयता सुरक्षालाई असर गर्दैन” भनि डब्ल्यूएबीटाइन्फोले रिपोर्ट गरेको छ।

यो सुविधा एन्ड्रोइडको लागि व्हाट्सएपको बिटा संस्करण २.२५.२१.२३ मा देखिएको थियो र हाल केही बिटा परीक्षकहरूको लागि उपलब्ध रहेको बताइएको छ। यद्यपि, यो स्थिर संस्करणका सबै प्रयोगकर्ताहरूका लागि कहिले उपलब्ध हुनेछ भन्ने कुरा भने स्पष्ट नभएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: ११ श्रावण २०८२, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार