Technology Khabar ८ श्रावण २०८२, बिहीबार
काठमाडौं ।
भाइबर डेटिङ एपले प्रयोगकर्ताहरूको लागि अब अधिकतम गोपनीयता र नियन्त्रणसहितको एउटा नयाँ उपयोगी सुविधा थप गरेको छ।
यसको लन्च भएदेखि नै भाइबर डेटिङले प्रयोगकर्ता सुरक्षालाई उच्च प्राथमिकता दिएको बताइएको छ। फोन नम्बर मार्फत दर्ता गरिने भए तापनि यो नम्बर अन्य प्रयोगकर्ताहरूको लागि अदृश्य रहने जनाइएको छ। मुख्य भाइबर खाताबाट पूर्ण रूपमा अलग रहेको भाइबर डेटिङ प्रोफाइलले दैनिक वातावरणमा गोप्य जानकारी खुलासा हुनबाट जोगिनको लागि सुरक्षाको ग्यारेन्टी दिएको बताइएको छ।
कन्ट्याक्टहरूबाट आफ्नो प्रोफाइल लुकाउने विकल्प सर्बियाका प्रयोगकर्ताहरूमाझ सबैभन्दा लोकप्रिय सुविधाहरू मध्ये एक हो। त्यहाँको औसत प्रयोगकर्ताले लगभग दस व्यक्तिहरूबाट आफ्नो प्रोफाइल लुकाउने गरेको बताइएको छ जुन विश्वव्यापी औसतभन्दा माथि भएको उल्लेख गरिएको छ।
नयाँ “डिलिट अल कन्ट्याक्टस्” सुविधाले प्रयोगकर्ताहरूलाई एक क्लिकमा सबै अवस्थित सम्पर्कहरूका लागि आफ्नो प्रोफाइललाई अदृश्य बनाउन अनुमति दिनेछ। थप रूपमा, “डिलिट कन्भर्सेसन्स एण्ड ग्रुप्स” विकल्पले नियन्त्रणको अतिरिक्त तह प्रदान गर्दछ भने यसले प्रोफाइललाई आफ्नो सम्पर्क सूचीमा नभएका समूहहरू र व्यक्तिहरूबाट पनि लुकाउनका लागि मद्दत गर्नेछ।
नक्कली प्रोफाइलहरूबाट डेटिङ र दुरुपयोग रोक्नको लागि भाइबर डेटिङले अनुहारको फोटो मोडरेसन प्रयोग गर्दछ भने स्पष्ट अनुहारको फोटो बिनाका प्रोफाइलहरू फ्ल्याग गरिने उल्लेख गरिएको छ। यसका साथै अनुभवलाई अझ सुरक्षित बनाउने थप सुरक्षा सुविधाहरू चाँडै आउने अपेक्षा गरिएको छ।
त्यसैगरी एपबाट विश्राम लिन चाहने प्रयोगकर्ताहरूका लागि अकाउण्ट सस्पेन्सन (खाता निलम्बन) सुविधा पनि उपलब्ध भएको बताइएको छ। यसले प्रयोगकर्ताहरूलाई सबै अवस्थित कुराकानीहरू सुरक्षित गर्दै नयाँ कनेक्सन (जडान) हरू खोज्नमा अस्थायी रूपमा रोक लगाउनका लागि अनुमति दिनेछ।
एपका आधारभूत फङ्गसनहरू निःशुल्क रुपमा उपलब्ध हुने छन्। यस बाहेक भाइबर डेटिङ प्रिमियम पनि उपलब्ध भएको जनाइएको छ जसमा यसलाई मन पराउने प्रयोगकर्ताहरूको सूचीमा पहुँच, थप मेगालाइक विकल्पहरू र प्रत्येक महिनामा अतिरिक्त बूस्टहरू जस्ता अतिरिक्त फाइदाहरू समावेश गरिएका छन्।
त्यसैगरी लगातार सात दिन सक्रिय हुने प्रयोगकर्ताहरूले मेगालाइक वा बूस्ट जस्ता निःशुल्क प्रिमियम सुविधाहरू कमाउन सक्नेछन् भनि टेलिग्राफले रिपोर्ट गरेको छ।
प्रकाशित: ८ श्रावण २०८२, बिहीबार