Apple

१८ वर्षीया युवतीलाई १७ हजार पाउन्डको आईफोन चोरीको आरोपमा मुद्दा दायर

१८ वर्षीया युवतीलाई १७ हजार पाउन्डको आईफोन चोरीको आरोपमा मुद्दा दायर
Global IME Bank

रेनफ्रुको एप्पल स्टोरबाट १७,००० भन्दा बढी मूल्यका आईफोन चोरी भएपछि एक १८ वर्षीया युवतीलाई पक्राउ गरी मुद्दा दायर गरिएको छ।

स्कटल्याण्ड प्रहरीले जुन १ तारिख र जुलाई ९ तारिखमा ब्रेहेड शपिङ सेन्टरबाट डिभाइसहरू चोरी भएको बताएको छ। युवतीलाई अक्टोबर २ तारिखमा पेस्ली शेरिफ अदालतमा उपस्थित हुने कार्यक्रम तय गरिएको छ।

त्यसैगरी जुन १ तारिखको घटनामा १९ वर्षीय युवक र जुलाई ९ तारिको घटनामा अर्का एक ४२ वर्षीया महिलालाई पनि पक्राउ गरिएको छ।

स्कटल्याण्ड प्रहरीले सोधपुछ जारी रहेको बताएको बीबीसीले रिपोर्ट गरेको छ।

Sajilo Visa
easy care