Technology Khabar ७ श्रावण २०८२, बुधबार
काठमाडौं ।
क्यानालिसका विश्लेषकहरूले भिभोले ८१ लाख ढुवानी र २१ प्रतिशत हिस्साका साथ भारतीय स्मार्टफोन बजारको नेतृत्व गरेको नयाँ तथ्याङ्क जारी गरेका छन्।
कम्पनीको ढुवानी सन् २०२४ को दोस्रो त्रैमासिकको तुलनामा ३१ प्रतिशतले बढेको छ। त्यसपछि ६२ लाख ढुवानी र १६ प्रतिशत बजार हिस्साका साथ सामसङ दोस्रो स्थानमा रहेको छ भने यसको २ प्रतिशतले वर्षिक रुपमा वृद्धि भएको बताइएको छ। त्यसैगरी ५० लाख ढुवानी, १३ प्रतिशत बजार हिस्सा र २४ प्रतिशत वृद्धिसहित ओप्पो तेस्रो स्थानमा रहेको छ।
जीएसएमएरिनाका अनुसार शाओमीले यस वर्षको दोस्रो त्रैमासिकमा १३ प्रतिशत बजार हिस्सासहित ५० लाख एकाइ ढुवानी व्यवस्थापन गरेको छ र यो वार्षिक हिस्सा २५ प्रतिशतले घटेको छ।
पाँचौं स्थानमा रहेको रियलमीले ९ प्रतिशत बजार हिस्साका लागि ३६ लाख एकाइ ढुवानी गरेको छ जुन एक वर्ष अघिको त्रैमासिकको तुलनामा १७ प्रतिशतले कम हो।
समग्रमा रुपमा बजार ७ प्रतिशतले बढेर ३ करोड ९० लाख एकाइहरु ढुवानी भएको बताइएको छ जुन सन् २०२४ को दोस्रो त्रैमासिकमा ३ करोड ६४ लाख रहेको थियो। गत वर्षको तेस्रो त्रैमासिकदेखि भारतीय स्मार्टफोन बजारमा दोस्रो त्रैमासिकमा आएर यति बढी ढुवानी भएको पाइएको छ।
भिभोको भी५० सिरिजले ठूला ढाँचाका रिटेल र विवाह लक्षित अभियानहरू मार्फत देशका प्रमुख महानगरीय क्षेत्रहरू (टियर १ र टियर २ शहरहरू) मा आकर्षण प्राप्त गरेको बताउँदै क्यानालिसका प्रमुख विश्लेषक संयम चौरसियाले वाई–सिरिजले गहिरो वितरण र प्रवद्र्धन मार्फत साना शहरहरू र अर्ध–शहरी बजारहरूमा गति कायम राखेको र त्यसैगरी टी–सिरिजले पनि विस्तारित पोर्टफोलियोको साथ अनलाइनमा स्थिर रूपमा उकालो लाग्न सफल भएको थप उल्लेख गरेका छन्।
ओप्पोको बलियो त्रैमासिकको लागि “ए५ सिरिजबाट बलियो अफलाइन गति र के१३ मार्फत बढ्दो अनलाइन ट्र्याक्सनले योगदान” पुर्याएको थप उल्लेख गरिएको छ।
एप्पलले भने छैटौं स्थानमा रहेको र आईफोन १६ परिवारले कम्पनीको ढुवानीको ५५ प्रतिशत भन्दा बढीको लागि जिम्मेवार भूमिका निर्वाह गरेको बताइएको छ।
यद्यपि आईफोन १६ई ले भने सार्वजनिक भएपछि गति गुमाएको र “उपभोक्ताहरूले डिभाइसको सिङ्गल–क्यामरा डिजाइनको मूल्य र धेरै हदसम्म अवास्तविक एप्पल इन्टेलिजेन्स सुविधाहरूको मूल्यमाथि प्रश्न उठाएको” उल्लेख गरिएको छ।
क्यानालिसले “संरचनात्मक माग चुनौतीहरू जारी रहँदा” पूरा वर्षको लागि ढुवानीमा सानो गिरावटको प्रक्षेपण गरेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: ७ श्रावण २०८२, बुधबार