सामसङको ट्राई–फोल्डलाई ग्यालेक्सी जी फोल्ड नभनिने, फरक नाम हुने ट्रेडमार्कको संकेत

  • Technology Khabar | ३ श्रावण २०८२, शनिबार

काठमाडौं ।

सामसङको लामो समयदेखि अफवाहमा रहेको ट्राई–फोल्डिङ स्मार्टफोनको लन्च अब नजिक देखिएको उल्लेख गरिएको छ। तर सामसङको यस ट्राई–फोल्डिङ स्मार्टफोनले सम्भवतः केहीले अपेक्षा गरेको “ग्यालेक्सी जी फोल्ड” नाम नबोक्ने उल्लेख गरिएको छ।

त्यसको सट्टा, हालैको ट्रेडमार्क फाइलिङले यो डिभाइसले सामसङको परिचित ग्यालेक्सी जेड ब्रान्डिङसँग जान सक्ने सुझाव दिएको छ।

सन् २०२५ को जनवरीमा ग्यालेक्सी अनप्याक्ड कार्यक्रममा पहिलो पटक टिज गरिएको ट्राई–फोल्ड डिभाइस यस वर्ष डिसेम्बरसम्ममा बजारमा आउने पुष्टि भएको छ।

सामसङले यस महिनाको सुरुमा ग्यालेक्सी जेड फोल्ड७ र जेड फ्लिप७ अनावरण गर्दा कार्यक्रममा ट्राई–फोल्ड फोन भने देखाइएको थिएन। यद्यपि, दक्षिण कोरियामा दायर गरिएको र ग्यालेक्सीक्लबद्वारा देखाइएको “ग्यालेक्सी जेड ट्राईफोल्ड” को लागि ट्रेडमार्कले यसको ब्रान्डिङको बारेमा नयाँ अनुमानहरूको बारेमा संकेत गरेको छ।

आन्तरिक रूपमा क्यू७एम कोडनेम राखिएको क्वालकमको स्न्यापड्रागन ८ एलिट चिपसेटद्वारा संचालित डिभाइसमा पूर्ण रूपमा खुला हुँदा १० इन्चको इनर (भित्री) डिस्प्ले र ६.४९ इन्चको कभर स्क्रिन रहेको बताइएको छ। साथै यस डिभाइसको लन्च सुरुमा दक्षिण कोरिया र चीनमा सीमित हुने अपेक्षा गरिएको छ।

डिभाइसको नाम आफैंमा भने बहसको विषय बनेको छ। ग्यालेक्सीक्लब र साममोबाइल दुवैले डिभाइसको नाम “ग्यालेक्सी जेड ट्राइफोल्ड” हुने औंल्याएक छन्। तर फ्ल्यागशिप डिभाइसको लागि यो नाम त्यति उपयुक्त नसुनिएको र यसले कुनै विशेष मोडेलको सट्टा सिरिजलाई जनाउन सक्ने सम्भावना बढि भएको उल्लेख गरिएको छ।

पहिलेका रिपोर्टहरूले डिभाइसको नामको लागि “ग्यालेक्सी जी फोल्ड” लाई संकेत गरेका थिए र यो एमडब्ल्यूसी २०२५ मा प्रदर्शन गरिएको “फ्लेक्स जी” प्रोटोटाइप सामसङतर्फको संकेत गरेको उल्लेख गरिएको छ।

तर नयाँ फाइलिङको जेड सिरिज तर्फको झुकावको साथ सामसङले धेरै ट्रेडमार्कहरू सुरक्षित गरेर आफ्नो आधारहरू ढाक्न सक्ने बताइएको छ जुन टेक जायण्टहरूमाझ यो एक साझा रणनीति हुने गरेको बताइएको छ।

यदि सामसङ आफ्नो योजनामा अडिग रहेको खण्डमा भने, ट्राइ–फोल्ड यस वर्षको अन्त्यमा डेब्यू हुनेछ र यसले बजारमा प्रवेश गर्दा हालको ह्वावेको मेट एक्सटीबाट मात्र प्रतिस्पर्धा देख्ने बताइएको छ।

त्यसका साथै यस डिभाइसले फोल्डेबलहरूलाई पुनः परिभाषित गर्नेछ वा विशिष्ट दर्शकहरूलाई सेवा दिनेछ कि छैन भनेर हेर्नको लागि पर्खनु पर्ने गीज्मोचाइनाले रिपोर्ट गरेको छ।

प्रकाशित: ३ श्रावण २०८२, शनिबार

तपाइको प्रतिक्रिया

ताजा समाचार