काठमाडौं ।
एप्पलले आईओएस २६ सँग आफ्नो अर्को पुस्ताको सफ्टवेयरको लागि नयाँ लिक्विड ग्लास डिजाइन ल्याङ्गवेज अनावरण गरेको थियो। अब, ब्राण्डले आईफोन १७ प्रोमा सफ्टवेयर र हार्डवेयर ब्लेण्ड (मिश्रण) गर्न यसलाई दोब्बर बनाउन लागेको जस्तो देखिएको उल्लेख गरिएको छ।
त्यसैगरी लिक्विड ग्लास यस वर्षको हाई–इण्ड आईफोनहरूको लागि एक विशेष नयाँ रङ्ग हुन सक्ने सम्भावना रहेको उल्लेख गरिएको छ।
के आईफोन १७ प्रो विशेष लिक्विड ग्लास रङ्गमा आउँदैछ?
वेइबो टिपस्टरले साझा गरेको पछिल्लो अफवाहले एप्पलले आईफोन १७ प्रो को लागि एकदम नयाँ रङ्ग विकल्पमा काम गरिरहेको दाबी गरेको छ।
यो नयाँ संस्करण कथित रूपमा कम्पनीको आईओएस २६ को यूआईको लागि नवीनतम लिक्विड ग्लास डिजाइनबाट प्रेरित रहेको र डिभाइसको बडिमा यसको लुक नक्कल गर्न सक्ने जनाइएको छ। टिपस्टरले रङ्गगको सेतो आधार हुने विश्वास व्यक्त गरे पनि प्रकाशको कोणको आधारमा फरक रङ्गहरू प्रतिबिम्बित गर्ने थप उल्लेख गरिएको छ।
एप्पलले सामान्यतया केवल जीवन्त वा शान्त रङ्गहरू प्रदान गर्ने गरेको छ र तिनीहरुमध्ये कुनैमा पनि कुनै अद्वितीय विशेषताहरू नहुने भएकोले यदि यो जानकारी सत्य भएको खण्डमा भने, एप्पलले स्पष्ट रूपमा यसको आफ्नो डिजाइनमा एक साहसी कदम चालिरहेको हुने उल्लेख गरिएको छ।
क्युपर्टिनोमा आधारित जायण्टले सन् २०२५ को फ्ल्यागशिप आईफोनलाई एक अद्वितीय रूप प्रदान गर्नको लागि यस रङ्गलाई एक विशेष रङ्ग संस्करण बनाउन चाहेको हुन सक्ने उल्लेख गरिएको छ। सफ्टवेयर पक्षमा, यूआईले विभिन्न कन्फिगरेसनहरूमा राम्रो प्रदर्शन नगरेको हुनाले लिक्विड ग्लासले मिश्रित प्रतिक्रियाको सामना गरेको बताइएको छ। साथै कम्पनीले हार्डवेयर मोर्चामा रिडेम्पसन योजना गरिरहेको हुन सक्ने थप उल्लेख गरिएको छ।
त्यसैगरी यस्तै प्रकारका डिजाइनहरू वर्षौंदेखि एन्ड्रोइड डिभाइसहरूमा देखिँदै आएका छन्। केही मध्यम दायराका मोडेलहरूमा अझै पनि यस्तो डिजाइन रहेको देख्न सकिन्छ र ओप्पो रेनो १४ प्रो यसको एक उत्कृष्ट उदाहरण हो।
तर यो अझै पनि एप्पल आईफोनका प्रशंसकहरूका लागि भने ताजा डिजाइन हुन सक्ने उल्लेख गरिएको छ। सन् २०१७ मा, एप्पलले आफ्ना डिभाइसहरूको लागि लिक्विड मेटल (मेटलिक ग्लास) ब्याक प्यानलहरू पेटेन्ट गरेको हुनाले यो त्यो मूल डिजाइनको विकास हुन सक्छ भनि गीज्मोचाइनाले रिपोर्ट गरेको छ।
प्रकाशित: ३ श्रावण २०८२, शनिबार