
काठमाडौं ।
आगामी आईफोन १७ प्रो कालो, गाढा नीलो, चाँदी र सुन्तला गरी चार रङ्गहरूमा प्रस्तुत गरिने नयाँ अफवाहले उल्लेख गरेको छ। आगामी डिभाइसमा यी रङ्गहरू प्रयोग गरिएको तस्बिर सार्वजनिक गरिएको छ र यो लीक नभइ हामीले के अपेक्षा गर्न सकिन्छ भनेर तयार पारिएको प्रतिनिधि तस्बिर मात्र भएको जनाइएको छ।
स्रोतका अनुसार गाढा नीलो निकै गाढा भएको र यो केही एम्बियण्ट लाइट कण्डिसन (प्रकाश अवस्था) मा कालो रङ्ग जस्तो देखिने बताएको छ।
यो स्पष्ट रूपमा आईफोन १६ प्रोको ब्लु टाइटेनियम रङ्गबाट प्रेरित रहेको जनाइएको छ। त्यसैगरी कालो रङ्ग विकल्पले ब्ल्याक टाइटेनियमको सम्झना दिलाउने बताइएको छ। तर यस पटकको कालो रङ्ग म्याट फिनिशमा उपलब्ध हुने उल्लेख गरिएको छ।
सिल्भर (चाँदी रङ्ग) “वार्म अन्डरटोन र ब्राइट” को साथ स्पष्ट रूपमा ह्वाइट टाइटेनियम जस्तै देखिने बताइएको छ। साथै सुन्तला रङ्ग भने एप्पल वाच अल्ट्रामा रहेको एक्शन बटनबाट प्रेरित रहेको बताइएको छ। यो रङ्गलाई “जीवन्त तर सन्तुलित” र अन्डरस्टेटेड ह्यूजहरू नचाहनेहरूका लागि उत्तम फिटको रूपमा वर्णन गरिएको छ।
आईफोन १७ प्रो र प्रो म्याक्स केही वर्षको प्रयोग पछि एल्युमिनियम फ्रेमहरूमा फर्कने हल्ला पनि सुन्नमा आएका छन्।
यदि तपाईं पहिले लीक भएका हरियो, बैजनी र “स्काई ब्लू” जस्ता रङ्गहरू अब के हुनेछ भनेर सोचिरहनुभएको छ भने ती अन्य मोडेलहरू जस्तै आईफोन १७ र आईफोन १७ एयरमा आउने भएका छन्। यस बाहेक, कम्पनीसँग अझै एउटा आश्चर्यजनक अतिरिक्त रङ्ग पनि रहेको बताइएको छ जुन चाँडै लीक हुनेछ भनि जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: ३ श्रावण २०८२, शनिबार