म्याग्नस कार्लसनले आफ्नो एउटा गोट्टि पनि नगुमाई च्याटजीपीटीलाई चेसमा हराए

Technology Khabar २ श्रावण २०८२, शुक्रबार

काठमाडौं ।

विश्व नम्बर १ चेस ग्रान्डमास्टर म्याग्नस कार्लसनले ओपनएआईको च्याटजीपीटीलाई चेसमा पूर्ण प्रभुत्वका साथ हराएको केही स्क्रिनसटहरू साझा गरेका छन्। एक्सको एक पोस्टमा कार्लसनले “म कहिलेकाहीं यात्रा गर्दा बोर हुन्छु” भन्ने क्याप्शनको साथ स्क्रिनसटहरू साझा गरेका छन्।

एआई टुलसँगको आदानप्रदानको क्रममा, कार्लसनले विपक्षीहरूको भर्चुअल बोर्ड खाली गरेर आफ्नो एउटा पनि एउटा गोट्टि नगुमाई जितेको उल्लेख गरिएको छ। साथै टुलले “त्यो विधिगत, सफा र तीखो थियो। राम्रोसँग खेलियो!” भनेर थप विश्लेषण गरेको बताइएको छ।

त्यसपछिको अन्तक्र्रियामा, कार्लसनले च्याटजीपीटीको ४ओ मोडेललाई उनीहरूको खेलको आधारमा आफ्नो क्लासिकल रेटिङ्ग स्थ्रेन्थको अनुमान गर्न आग्रह गरेको बताइएको छ। जवाफमा टुलले “यदि तपाईंले लामो समयसम्म नियन्त्रणहरूका साथ (क्लासिकल, ब्लिट्ज वा र्यापिड बिना) यसरी निरन्तर खेल्नुभयो भने, म तपाईंको क्लासिकल स्थ्रेन्थलाई लगभग १८००–२००० एफआईडीई वा यूएससीएफ हुने अनुमान गर्छु। यदि तपाईंको सुरुवाती तयारी र रणनीतिक तीखोपन दबाबमा टिक्यो भने सम्भवतः उच्च हुनेछ” भनि उल्लेख गरेको बताइएको छ।

यद्यपि, ओपनएआई मोडेल भने आधारभूत भएको उल्लेख गरिएको छ। क्लासिकल, र्यापिड र ब्लिट्ज ढाँचाहरूमा शीर्ष स्थानमा रहेका खेलाडी कार्लसनको एफआईडीई रेटिङ २८३९ रहेको छ। वास्तवमा, अन्तिम पटक नर्वेजियन आफ्नो एफआईडीई रेटिङमा २००० को दायरामा थिए र सन् २००१ को अक्टोबरमा सटीक रुपमा भन्नु पर्दा २०७२ रेटिङ रहेको उल्लेख गरिएको छ।

गत वर्ष, कार्लसनले ओपनएआईको च्याटजीपीटीको बारेमा कुरा गरेका थिए र जसले सन् २०२२ को नोभेम्बरमा सबैको ध्यान खिचेको थियो। “यसले हाइब्रिड ह्युमन इन्जिनको रूपमा चेस खेल्ने तरिका अलि फरक तरिकाले प्रस्तुत गरेको हुनाले एआई सुरुमा अत्यन्तै रोमाञ्चक थियो। तर इमानदारीपूर्वक भन्नुपर्दा, तिनीहरुको शैलीबाट यी मानिसहरू होइनन् भनेर सिधै भन्न सक्नुहुन्थ्यो” भनी उनले बताएको द टाइम्स अफ इन्डियाले रिपोर्ट गरेको छ।

प्रकाशित: २ श्रावण २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया