सञ्चार मन्त्री गुरुङ चीनमा आयोजना हुने आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलनमा सहभागी हुँदै

  • Technology Khabar | ३२ असार २०८२, बुधबार
सञ्चार मन्त्री गुरुङ चीनमा आयोजना हुने आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलनमा सहभागी हुँदै
नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिकीकरण गर्नुहुँदै । तस्बिरः गोपाल दाहाल/रासस

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ चीनमा आयोजना हुने आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलनमा सहभागी हुने भएका छन्।

यहि असार ३० गतेको मन्त्रिपरिषदको बैठकले उनको सहभागीतालाई स्वीकृति प्रदान गरेको छ।

मन्त्री गुरुङले आज आयोजना गरिएको पत्रकार सम्मेलनमा  मन्त्रिपरिषदको बैठकका निर्णयहरु सार्वजनिक गर्दै २०८२ साउन १० गतेदेखि १२ गतेसम्म चीनको संघाईमा आयोजना हुने २०२५ वर्ल्ड आर्टिफिसियल इन्टेलिजेन्स कन्फ्रेन्समा (2025 World Artificial Intelligence Conference) मा सहभागी हुन सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय पृथ्वी सुब्बा गुरुङलाई स्वीकृति प्रदान गर्ने निर्णय सुनाएका हुन्।

प्रकाशित: ३२ असार २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार