आईफोन १७ मा अब एप्पल ए१९ चिप समावेश गरिने हल्ला

Technology Khabar १ श्रावण २०८२, बिहीबार

काठमाडौं ।

आगामी आईफोन १७ मा यसको आफ्नो पूर्ववर्तीको जस्तै एप्पल ए१८ चिप हुने केही समय अघिको एउटा हल्लाले दाबी गरेको थियो। जीएफ सेक्युरिटीज विश्लेषक जेफ पु अब आफ्नो अघिल्लो दाबीबाट पछि हटेका छन् र आईफोन १७ मा एकदमै नयाँ एप्पल ए१९ चिप हुने अपेक्षा व्यक्त गरेका छन्। साथै ए१९ चिपले आईफोन १७ एयरलाई पनि शक्ति दिनेछ।

बेसलाइन आईफोन १७ मा थप र्याम उपलब्ध नहुने भएको छ। पुको पछिल्लो रिपोर्टले डिभाइसमा फेरि पनि ८जीबी एलपीडीडीआर५ र्याम हुने सुझाव दिएको छ। आईफोन १७ सिरिजका अन्य दुई मोडेलहरूमा १२जीबी र्याम हुने अपेक्षा गरिएको छ भने १७ एयरले उही एलपीडीडीआर५ गति प्रदान गर्ने उल्लेख गरिएको छ। यसैबीच, १७ प्रो र १७ प्रो म्याक्सले भने छिटो गतिको एलपीडीडीआर५एक्स र्याम प्राप्त गर्नेछन्।

त्यसैगरी सम्पूर्ण आईफोन १७ सिरिजमा एप्पलको स्व–डिजाइन गरिएको वाई–फाई ७ चिप ल्याउने हल्ला पनि चलिरहेको छ। भेनिला मोडेलले ठूलो ६.३–इन्चको ओएलईडी प्रदान गर्ने अपेक्षा गरिएको छ र जसले अन्ततः १२० हर्ज रिफ्रेस रेट प्राप्त गर्न सक्ने सम्भावना रहेको उल्लेख गरिएको छ। यद्यपि यो प्रो सिरिज जस्तो एलटीपीओ प्रकार (एप्पल ल्याङ्गवेजमा प्रोमोशन) को नहुने बताइएको छ। साथै पछिल्लो अफवाह अनुसार, एप्पलले सेप्टेम्बर ८ तारिखमा आईफोन १७ सिरिज लन्च गर्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: १ श्रावण २०८२, बिहीबार

तपाइको प्रतिक्रिया