Technology Khabar २ श्रावण २०८२, शुक्रबार
काठमाडौं ।
एप्पलले नयाँ आईफोनहरू सेप्टेम्बर महिनामा अनावरण गर्ने गरेको छ। त्यसैले कम्पनीले यस वर्ष पनि त्यस्तै गर्ने अपेक्षा गर्नु उचित हुने उल्लेख गरिएको छ।
एप्पलको बारेमा कुनै न कुनै प्रकारको भित्री कुराहरुको जानकारी राख्ने गरेका ब्लूमबर्गका मार्क गर्मनले सेप्टेम्बर ८ तारिखदेखि सुरु हुने हप्तामा आईफोन १७ परिवार लन्च गरिने बताएका छन्।
एप्पलको लन्च कार्यक्रम सोमबार सेप्टेम्बर ८ तारिखमा हुन सक्ने बढि सम्भावना रहेको बताइएको छ। त्यसैगरी डिभाइसहरू सेप्टेम्बर ९ वा १० तारिखमा पनि आउन सक्ने बताइएको छ। कम्पनीले कहिल्यै पनि शुक्रबार कार्यक्रमहरू आयोजना नगर्ने भएकोले र स्पष्ट ऐतिहासिक कारणहरूले गर्दा सेप्टेम्बर ११ तारिखमा डिभाइसहरु लन्च हुनबाट जोगिएको उल्लेख गरिएको छ।
एप्पलले यस वर्ष आईफोन १७, आईफोन १७ एयर, आईफोन १७ प्रो र आईफोन १७ प्रो म्याक्स ल्याउने छ। साथै एयरले प्लस मोडेललाई प्रतिस्थापन गर्नेछ र जुन अहिलेसम्म सबैभन्दा खराब बिक्री भएको बताइएको छ। यदि एयरले कुनै पनि बिक्री रेकर्ड नतोडे पनि बिक्रीमा सुधार गर्न सकेको खण्डमा यो कम्पनीको लागि सफलता हुने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: २ श्रावण २०८२, शुक्रबार