
काठमाडौं ।
काठमाडौं । फेसबुक इंकको च्याटिंग एप ह्वाट्सएपले WhatsApp अब यूजरले फरवार्ड गर्ने मेसेजलाई ५ जनासम्म सिमित गरेको छ । कम्पनीले विश्वव्यापीरुपमा नै प्रयोगकर्ताले एउटा मेसेजलाई पाँच जनासम्मलाई मात्र फरवार्ड गर्न सकिने गरि सिमित गरेको हो ।
यो सिमितता कम्पनीले गलत सूचना र हल्लाहरुलाई रोक्नका लागि गरिएको बताएको छ ।
ह्वाट्सएपका पोलिसि एण्ड कम्यूनिकेसन्स भाइस प्रेसिडेन्ट भिक्टोरिया ग्राण्डले भने, ‘हामी आजदेखि नै विश्वभर मेसेजलाई ५ वटा सम्ममा सिमित गर्दैछौं ।’
यसअघि ह्वाट्सएपमा प्रयोगकर्ताले २० जना वा ग्रुपसम्मलाई एउटै मेसेजहरु फरवार्डगर्न सक्ने सुविधा रहेको थियो ।
पाँचवटा सम्म मेसेज प्राप्त गर्ने लिमिट विश्वभर शुरु भएको हो, यसअघि भारतमा विभिन्न ह्वाट्सएपमा आएका हल्लाहरु र गलत सूचनाका कारण कयौं मानिसहरुको हत्या भएको थियो ।
प्रकाशित: ७ माघ २०७५, सोमबार