के तपाईँको पनि नागरिक लगानीकोषको ई सर्भिस तथा मोबाइल एपमा समस्या छ? यसरी समाधान गर्नुहोस्

Technology Khabar ३० असार २०८२, सोमबार

काठमाडौं ।

नागरिक लगानीकोषले ई सर्भिस तथा मोबाइल एप सर्भिसमा समस्या देखिएको खण्डमा सहज तरिकाले चलाउनका लागि सम्बन्धित सबैका लागि तरिकासहितको उपाय सार्वजनिक गरेको छ।

कोषले आफ्नो वेबसाइटमा सूचना जारी गर्दै इसर्भिस पोर्टलमा SSL (https) जडान गरेको कारणले इसर्भिस सञ्चालन गर्दा समस्या आएको खण्डमा आफ्नो ब्राउजरको सेटिङमा गई क्याश क्लियर गर्न हुन अनुरोध गरेको हो।

‘साथै कोषको “सीआईटी स्मार्ट मोबाइल एप” (एण्ड्रोइड र आईओएस) मा समेत सो परिवर्तनका कारणले पुनः रिलिज गर्नुपर्ने भएकोले केही दिनको लागि मोबाइल एपको सेवा अवरूद्व भएको जानकारी गराइन्छ। कोषले छिट्टै सीआईटी स्मार्ट मोबाइल एप सञ्चालन गर्ने व्यहोरा समेत जानकारीको लागि अनुरोध छ’, सूचनामा भनिएको छ।

ब्राउजरमा क्याश क्लियर गर्ने तरिका

ब्राउजर खोल्नुहोस्
Ctrl+Shift+Delete थिच्नुहोस्

क. क्रोमका लागि
टाइम रेञ्ज=अल टाइम
डिलिट डाटा

ख. फायरफक्सका लागि
व्हेन= एभ्रीथिङ
क्लियर

प्रकाशित: ३० असार २०८२, सोमबार

तपाइको प्रतिक्रिया