आईफोन १७ प्रोको नयाँ ह्यान्ड्स–अन तस्बिरहरू सार्वजनिक

Technology Khabar २८ असार २०८२, शनिबार

काठमाडौं ।

यस सेप्टेम्बरमा आउँदै गरेको आईफोन १७ प्रो र आईफोन १७ प्रो म्याक्सले पुनः डिजाइन गरिएको पछाडिको भाग (रिडिजाइन रियर) ल्याउने सम्भावना रहेको बताइएको छ जहाँ डिभाइसको सम्पूर्ण चौडाइ ओगटेको विशाल क्यामरा आइल्याण्ड हुनेछ। साथै यो पोको–शैलीको जस्तो हुने बताइएको छ जुन केही समय अघिको पोको डिभाइसमा यस प्रकारको डिजाइन हुने गरेको र शाओमीको उप–ब्रान्डले त्यस्ता डिजाइनहरू त्यागेको उल्लेख गरिएको छ।

हालै लीक भएका नयाँ ह्यान्ड्स–अन तस्बिरहरूमा सम्भवतः आईफोन १७ प्रोको डमी युनिट हो भनेर चित्रण गर्ने प्रमाणहरु फेला परेकोबताइउको छ। उक्त डमी युनिट भित्र कुनै इलेक्ट्रोनिक्स नभएको बताइएको छ र यस तथ्यलाई ध्यान नदिई, यो युनिट अब १ः१ सटीक साइज–अनुसार र डिजाइन–अनुसार फाइनल प्रोडक्ट (अन्तिम उत्पादन) को लागि हुनुपर्छ भनी अनुमान गरिएको छ। त्यसैले तस्बिरहरू धेरै उपयोगी भएको र क्यामरा ‘भाइजर’ पनि देख्न सकिने बताइएको छ।

क्यामराहरू आईफोन १६ प्रोको जस्तै उही स्थितिमा रहेको देख्न सकिने बताइएको छ। तर यस पटक तिनीहरू अब धेरै ठूलो आइल्याण्डमा शमावेश गरिएका छन्। अन्यथा, यो हालैको आईफोन जस्तो देखिन्छ भनी थप उल्लेख गरिएको छ। यस बाहेक आईफोन १७ प्रो म्याक्सको साथ एल्युमिनियम फ्रेममा स्विच गरिने हल्ला चलिरहेको छ जसले गर्दा स्टेनलेस स्टील र टाइटेनियमको वर्षौं लामो प्रयोगहरू समाप्त हुने भएका छन्।

त्यसैगरी डिभाइसको पछाडिको भागमा एप्पलको रिपोजिसन गरिएको लोगो पनि हुनेछ। एप्पलको उक्त लोगो अब फोनको तल्लो भागमा र क्यामरा आइल्याण्डको तल्लो भागको बीचमा केन्द्रित हुने भएको छ। साथै यो इन्टरनेटमा पक्कै पनि एक विवादास्पद डिजाइन निर्णय हुनेछ भनी जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: २८ असार २०८२, शनिबार

तपाइको प्रतिक्रिया