ग्यालेक्सी अनप्याक्ड इभेन्ट आज हुँदै: कसरी हेर्ने, के के अपेक्षा गर्ने?
काठमाडौं ।
ब्रुकलिन, न्यूयोर्कमा हुने आगामी ग्यालेक्सी अनप्याक्ड कार्यक्रममा सबै तयारी पूरा भइसकेको छ। कार्यक्रम आज यूटीसी तथा जीएमटी समयअनुसार १४:०० बजे सुरु हुनेछ। नेपाली समय अनुसार यो बेलुका १९:४५ अर्थात् पौने ८ बजे शुरु हुनेछ।
यो कार्यक्रम सामसङ डटकम तथा यूट्युबमा प्रत्यक्ष प्रसारण हुनेछ जहाँ सहभागी हुन नपाउनेहरूले पनि प्रत्यक्ष अवलोकन गर्न सक्ने जीएमएमएरिनाले उल्लेख गरेको छ।
के-के घोषणा होला?
सामसङ ग्यालेक्सीजेड फोल्ड७ अझ पातलो हुँदैछ, र यो अहिलेसम्मकै सबैभन्दा पातलो होरिजोन्टल फोल्डेबल फोन बन्ने सम्भावना बलियो छ।
ग्यालेक्सीजेड फ्लिप७ दुई संस्करणमा आउनेछ — एउटा प्रिमियम ग्यालेक्सीजेड फ्लिप७ र अर्को किफायती ग्यालेक्सीजेड फ्लिप७ एफई ।
जीएसएमएरिनाका अनुसार स्मार्टवाचहरु पनि नयाँ अपडेटसहित आउने छन्:
ग्यालेक्सीवाच८ क्लासिकमा घुम्ने बेजल पुन: फर्कनेछ, जुन ग्यालेक्सीवाच८ को साथसाथै आउनेछ। दुवैमा नयाँ स्क्वायर्कल अर्थात् वर्गाकार-वृत्ताकार डिजाइन रहनेछ।
ग्यालेक्सीवाच अल्ट्राको पनि नयाँ संस्करण आउने अपेक्षा गरिएको छ।
यी जानकारीहरू अफिसियल टीजर र हल्लाका आधारमा आएका हुन्। तर सामसङले अरू नयाँ सरप्राइजहरू पनि ल्याउन सक्ने सम्भावना भने प्रचूर मात्रामा रहेको छ।
कार्यक्रम प्रत्यक्ष हेर्नका लागि तलको लिंकमा लाइभस्ट्रिम हेर्न सकिनेछ।