ईमेल सर्भरको ब्यापक ह्याकिङ गरेको आरोपमा अमेरिकाद्वारा दुई चिनियाँ नागरिक पक्राऊ

Technology Khabar २६ असार २०८२, बिहीबार

ईमेल सर्भरको ब्यापक ह्याकिङ गरेको आरोपमा अमेरिकाद्वारा दुई चिनियाँ नागरिक पक्राऊ
सांकेतिक तस्बिर

काठमाडौं ।

अमेरिकी न्याय विभागले चिनियाँ नागरिक स्यु जेवईलाई पक्राउ गरिएको पुष्टि गरेको छ। उनी चीनका लागि साइबर आक्रमण गर्ने ठेक्कावाल ह्याकरको रूपमा चिनिन्छन्। अमेरिकी अभियोजकहरूको अनुरोधमा उनलाई इटालीमा पक्राउ गरिएको हो।

स्यु र अर्का चिनियाँ नागरिक झाङ युले २०२० को फेब्रुअरीमा अमेरिकी विश्वविद्यालयहरूबाट महत्वपूर्ण कोभिड-१९ अनुसन्धान चोरेर ह्याक गरेको आरोपमा ९ बुँदे अभियोग लगाइएको छ। न्याय विभागका अनुसार स्यु चिनियाँ सरकारका लागि ह्याकिङ अपरेसनहरू सञ्चालन गर्ने ‘शाङ्हाइ पावरोक नेटवर्क’ नामक कम्पनीमा काम गर्थे।

टेकक्रञ्चका अनुसार यी आरोपित ह्याकरहरू सन् २०२१ को मार्चमा माइक्रोसफ्ट एक्सचेन्ज सर्भरहरूमा भएको ठूलो स्तरको ह्याकिङमा पनि संलग्न रहेको आरोप छ।

‘हाफ्नियम’ नामले चिनिने यस समूहले अमेरिकाभरिका साना व्यवसायहरूद्वारा सञ्चालित ६०,००० भन्दा बढी एक्सचेन्ज सर्भरमा पसेर निजी इमेल डाटाहरू र ठेगाना विवरणहरू चोरेका थिए।

अनुसन्धानकर्ताहरूका अनुसार हाफ्नियम समूह अहिले ‘सिल्क टाइफून’ नामक नयाँ ह्याकिङ अभियानमा संलग्न छ, जसले ठूला कम्पनी र सरकारी निकायहरूलाई निशाना बनाउँदै आएको छ।

प्रकाशित: २६ असार २०८२, बिहीबार

तपाइको प्रतिक्रिया