‘स्टडी टुगेदर’ नामक रहस्यमय नयाँ फिचर परीक्षण गर्दै च्याटजीपीटी

  • Technology Khabar | २५ असार २०८२, बुधबार
‘स्टडी टुगेदर’ नामक रहस्यमय नयाँ फिचर परीक्षण गर्दै च्याटजीपीटी

काठमाडौं ।

च्याटजीपीटीले हालै “स्टडी टुगेदर” नामक रहस्यमय नयाँ फिचर परीक्षण गरिरहेको छ जुन केही सदस्य प्रयोगकर्ताहरूको टुल ड्रप-डाउन सूचीमा देखिन थालेको छ।

यो मोडले च्याटजीपीटीलाई शिक्षामा अझ प्रभावकारी बनाउने प्रयास गरेको संकेत दिएको छ । सामान्य जवाफ दिने साटो, यस मोडमा बोटले प्रयोगकर्तालाई उल्टै प्रश्न सोध्ने र मानवले जवाफ दिनुपर्ने अनुभव हुने प्रयोगकर्ताहरूले बताएका छन्—यो गुगलकोको लर्नएलएमजस्तै शैलीतर्फ इशारा गर्न सक्छ।

कतिपयले यसलाई सामूहिक अध्ययनको अवसर बनाउने समूह मोड (स्टडी ग्रुप मोड) पनि आउन सक्ने अनुमान गरेका छन्, जहाँ एकभन्दा बढी प्रयोगकर्ता एउटै च्याटमा सहभागी हुन सक्नेछन्।

टेकक्रञ्चका अनुसार ओपनएआईले यसबारे औपचारिक रूपमा कुनै जानकारी दिएको छैन। यद्यपि च्याटजीपीटीले भनेको छ, “ओपनएआईले ‘स्टडी टुगेदर’ सबै प्रयोगकर्ताका लागि कहिले वा उपलब्ध गराउने हो, वा यसको लागि च्याटजीपीटी प्लस अनिवार्य हुन्छ कि भनेर औपचारिक रूपमा घोषणा गरेको छैन।”

शिक्षामा च्याटजीपीटीको प्रयोग चाँडै व्यापक बनेको छ ‍किनकि शिक्षकमात्र नभई विद्यार्थीहरूका लागि पनि यो ट्यूटरको काम गर्ने वा उल्टै गृहकार्य नै गरिदिने माध्यमसमेत बनिरहेको छ। कतिपय शिक्षाविद्ले यसले उच्च शिक्षाको ढाँचा नै बिगार्ने चेतावनी दिएका छन्।

“स्टडी टुगेदर” जस्तो फिचरले च्याटजीपीटी को सकारात्मक प्रयोगलाई बढावा दिने र अनुचित प्रयोग, जस्तै नक्कली लेख लेखाउने प्रवृत्ति घटाउने लक्ष्य लिएको देखिन्छ।

प्रकाशित: २५ असार २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार