Samsung

सामसङ इलेक्ट्रोनिक्सले अमेरिकी हेल्थकेयर प्लेटफर्म जेल्थ खरिद गर्यो

सामसङ इलेक्ट्रोनिक्सले अमेरिकी हेल्थकेयर प्लेटफर्म जेल्थ खरिद गर्यो
Global IME Bank

सामसङ इलेक्ट्रोनिक्सले मंगलबार अमेरिकी हेल्थकेयर प्लेटफर्म जेल्थ किन्ने सम्झौता गरेको जनाएको छ। मोबाइल हेल्थकेयर सेवा विस्तार गर्न खोजिरहेको सैमसङको यो प्रयासको हिस्सा हो।

दक्षिण कोरियाली कम्पनीले यो किनबेचको मूल्य खुलाएको छैन।

सामसङले आफ्नो प्रविधियुक्त स्मार्ट वेयरेबल उपकरण र जेल्थको डिजिटल हेल्थ प्लेटफर्मबीच समन्वय गर्न खोजिएको जनाएको छ। सो प्लेटफर्मले डिजिटल हेल्थ कार्यक्रम सञ्चालन गर्ने र करिब ५०० भन्दा बढी अमेरिकी अस्पतालहरूलाई उनीहरूको बिरामीहरूसँग डेटा मार्फत जोड्ने काम गर्छ।

रोयटर्सका अनुसार यो अधिग्रहण सामसङले आफ्ना मुख्य सेमिकन्डक्टर र स्मार्टफोन व्यवसाय बाहिर विविधता ल्याउने प्रयासलाई तीव्र बनाएको समयमा आएको हो। कम्पनीले स्वास्थ्य सेवा क्षेत्रलाई नयाँ वृद्धिको प्रमुख इन्जिनका रूपमा लिएको छ, जसमा उपभोक्ता अडियो, कूलिङ र हिटिङ प्रणाली तथा रोबोटिक्स पनि समावेश छन्।

यसअघि मे महिनामा सामसङ इलेक्ट्रोनिक्सले जर्मनीको फ्लाक्टग्रुप कम्पनी १.५ अर्ब युरो (अन्दाजी १.६८ अर्ब अमेरिकी डलर) मा किन्न सहमति जनाएको थियो, जसको उद्देश्य एआई परियोजनाका लागि प्रयोग हुने डाटा सेन्टरहरूमा बढ्दो चिस्यानको माग पूरा गर्नु हो ।

सामसङ का अध्यक्ष जे. वाई. लीको नेतृत्वमा कम्पनीले गत मार्चमा शेयरधनी बैठकमा यस वर्ष “महत्त्वपूर्ण” सम्झौता गर्ने लक्ष्य राखिएको बताएको थियो। कम्पनीले एनभिडियाद्वारा अगुवाइ गरिएको एआई चिप बूमको फाइदा उठाउन ढिला गरिरहेकाले यस्तो कदम चालिएको हो।

Sajilo Visa
easy care