सामसङद्वारा वान यूआई ८ मा निर्मित नयाँ सुरक्षा सुविधाहरूको अनावरण

  • Technology Khabar | २५ असार २०८२, बुधबार
सामसङद्वारा वान यूआई ८ मा निर्मित नयाँ सुरक्षा सुविधाहरूको अनावरण

काठमाडौं ।

सामसङले एन्ड्रोइड १६ मा आधारित वान यूआई ८ मा उपलब्ध हुने सुरक्षा र गोपनीयता अपडेटहरूको नयाँ सुइटको घोषणा गरेको छ। साथै कम्पनीले आगामी ग्यालेक्सी जेड फोल्ड७ र फ्लिप७ ह्यान्डसेटहरू वान यूआई ८ माथि रहेको एन्ड्रोइड १६ चलाउने पहिलो ह्यान्डसेटहरू हुनेछन् भन्ने तथ्यलाई पनि जोडदार रूपमा संकेत गरेको छ।

वान यूआई ८ को साथमा, सामसङले नक्स एन्हान्स्ड इन्क्रिप्टेड प्रोटेक्शन (केईईपी) प्रस्तुत गर्दैछ जसले “डिभाइसको सुरक्षित स्टोरेज एरिया (भण्डारण क्षेत्र) भित्र एन्क्रिप्टेड, एप–स्पेसिफिक स्टोरेज वातावरण सिर्जना गर्दछ। साथै यसले प्रत्येक एपले आफ्नै संवेदनशील जानकारी मात्र पहुँच गर्न सक्छ र अरू केही पनि गर्न सक्दैन” भन्ने सुनिश्चित गर्ने उल्लेख गरिएको छ।

केईईपीले दिनचर्या र प्राथमिकताहरू जस्तो “डीप्ली पर्सनल इनसाइट्स” सुरक्षित गर्न मद्दत गर्नेछ जसले सामसङको पर्सनल डाटा इन्जिन (पीम्ई) लाई समर्थन गर्दै नाउ ब्रीफ र स्मार्ट ग्यालरी सर्च जस्ता सुविधाहरू सक्षम गर्दछ।

ती पर्सनल (व्यक्तिगत) “इनसाइट्स” पूर्ण रूपमा डिभाइसमा रहनेछन् जुन केईईपीुका साथै सामसङको “टेम्पर–रेसिस्टेन्ट हार्डवेयर सेक्योरिटी इन्भायोरमेन्ट” (वातावरण) नक्स भल्टद्वारा थप रुपमा सुरक्षित गरिनेछन्।

केईईपीले नाउ ब्रीफ, स्मार्ट सजेसन्स, सामसङ मोमेन्टस् र “युजर्स–स्पेसिफिक इनपुटहरूमा निर्भर अन्य अन–डिभाइस सुविधाहरू” लाई सुरक्षित गर्दछ जसले गर्दा गोपनीयतामा सम्झौता नगरी “थप उन्नत एआई अनुभवहरू” सक्षम पार्न मद्दत गर्नेछ।

वान यूआई ८ मा अब कुनै डिभाइसलाई सिस्टम म्याुनपुलेसन (प्रणाली हेरफेर) वा पहिचान जालसाजी जस्ता “गम्भीर जोखिम” को लागि फ्ल्याग गरियो भने यो स्वचालित रूपमा सामसङ खाताबाट साइन आउट हुनेछ। साथै यसले गर्दा खतराहरू फैलिनबाट रोक्न क्लाउड–जडित सेवाहरूमा पहुँच काटिने थप उल्लेख गरिएको छ। त्यसैगरी यो कदम चालिने समयमा जडान गरिएका ग्यालेक्सी डिभाइसहरूमा सूचित गरिनेछ।

यस बाहेक सामसङले उदीयमान खतराहरू विरुद्ध नेटवर्क सुरक्षालाई बलियो बनाउन सुरक्षित वाई–फाईमा पोस्ट–क्वान्टम क्रिप्टोग्राफी पनि ल्याउने भएको छ।

यसले एन्क्रिप्टेड कनेक्सनहरूको कोरमा प्रमुख विनिमय प्रक्रियालाई सुरक्षित गर्नुका साथै सार्वजनिक नेटवर्कहरूमा पनि “बलियो गोपनीयता” सुनिश्चित गर्ने जनाइएको छ। क्वान्टम प्रविधि परिपक्व भएपछि यसलाई तोड्ने उद्देश्यले एन्क्रिप्टेड डाटा क्याप्चर गर्ने भविष्यका आक्रमणहरूको सामना गर्न सुरक्षित वाई–फाई बनाइएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: २५ असार २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...