नयाँ आईफोन १७ प्रोमा एल्युमिनियम डिजाइन र एप्पल लोगो नयाँ ठाउँमा रहने

  • Technology Khabar | २४ असार २०८२, मंगलवार
नयाँ आईफोन १७ प्रोमा एल्युमिनियम डिजाइन र एप्पल लोगो नयाँ ठाउँमा रहने

काठमाडौं ।

गत हप्ता आगामी आईफोन १७ प्रोमा रिपोजिसन गरिएका ‘एप्पल लोगो’ सहितका तस्विहरु देखा परेका थिए। एप्पल लीकर मजिन बुले डिभाइसको नयाँ लुक्स प्रदान गर्ने उक्त तस्विहरु सार्वजनिक गरेका थिए।

गत हप्ताको नयाँ एप्पल लोगो प्लेसमेन्ट कस्तो देखिनेछ भनेर पहिलो भलक प्रदान गर्ने तस्बिरसँगै अब नयाँ तस्बिरहरु पनि देखा परेका छन् जसले अझ धेरै स्पष्ट रूप प्रदान गर्दछ।

त्यसैगरी एप्पलले नयाँ आईफोन १७ प्रोको लागि अब सबै एल्युमिनियम फ्रेम र क्यामरा बम्पको साथ टु–टोन डिजाइन चयन गर्ने भएको छ। यद्यपि, नयाँ आईफोन १७ प्रो को यस डिजाइनको बारेमा भने धेरै चर्चा गरिएको छैन। यस बाहेक, डिभाइसमा वायरलेस चार्जिङ, म्यागसेफ, र वायरलेस पासथ्रुको लागि त्यहाँ अझै पनि ग्लासको टुक्रा हुने उल्लेख गरिएको छ।

हालको यो नयाँ तस्बिरले एउटा प्रमुख डिजाइन विवरण प्रकट गरेको र नयाँ लोगो प्लेसमेन्ट सुरुमा सोचेको जस्तो अनौठो नभएको देखाएको जनाइएको छ। एप्पल लोगो अझै पनि केन्द्रमा नै हुनेछ तर यो फोनको वास्तविक केन्द्रमा नभइ फोनको ग्लासको टुक्रामा केन्द्रित हुने बताइएको छ।

यो निश्चित रूपमा अझै पनि एक अनौठो डिजाइन विकल्प भएको बताइएको छ र योसँग अभ्यस्त हुनका लागि थप केही समय लाग्ने उल्लेख गरिएको छ। यस बाहेक, मजिन बुले सुरुमा यो विवरणको बारेमा दाबी साझा गरेको केही समयपछि प्रतिष्ठित लीकर सोनी डिक्सनले पनि यो दावीलाई समर्थन गरेको हुनाले यो सम्भवतः बाहिर आउने बलियो सम्भावना देखिएको ९टु५म्याकले रिपोर्ट गरेको छ।

प्रकाशित: २४ असार २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार