रोयटर्सको एक्स एकाउन्ट भारतमा रोक्न सरकारले अनुरोध नगरेको भारतीय अधिकारीहरुको भनाई

  • Technology Khabar | २३ असार २०८२, सोमबार
रोयटर्सको एक्स एकाउन्ट भारतमा रोक्न सरकारले अनुरोध नगरेको भारतीय अधिकारीहरुको भनाई

काठमाडौं ।

बेलायतस्थित समाचार एजेन्सी रोयटर्सको एक्स (पूर्व ट्विटर) खाता भारतमा रोकिएको एक दिनपछि आइतबार सरकारी स्रोतहरूले भारत सरकारले यस्तो अनुरोध नगरेको र रोयटर्सले भारतमा सञ्चालन गर्न पाउनुपर्ने स्पष्ट पारेका छन्।

भारतको इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयले भन्यो, “रोयटर्सको एक्स खाता रोकिएको देखिनु प्राविधिक समस्या वा एक्स पक्षबाट भएको भ्रम जस्तो देखिन्छ।”

सरकारी स्रोतले भने, “सरकारले एक्सलाई रोयटर्स रोक्न भनेको थिएन। हामीले एक्सलाई यस्तो किन गरियो भनेर सोधेका छौं। रोयटर्सका अन्य धेरै खाताहरू भारतमा अझै उपलब्ध छन्, जसले सरकार रोयटर्स भारतमा चाहन्छ भन्ने देखाउँछ। यो प्राविधिक समस्या वा भ्रम जस्तो देखिन्छ।”

एक सरकारी प्रवक्ताले भारत सरकारले एक्ससँग मिलेर समस्या समाधानमा काम गरिरहेको बताएका छन्। उनले भने, “भारत सरकारले रोयटर्सको खाता रोक्न कुनै माग गरेको छैन। हामी लगातार एक्ससँग मिलेर समस्या समाधानमा काम गरिरहेका छौं।”

यो घटनाअघि रोयटर्सको एक्सखाता भारतमा “विदहेल्ड” देखिएको थियो, जहाँ यस्तो सन्देश देखिएको थियो: “@ Reuters has been withheld in IN in response to a legal demand।” जसको आशय ‘सरकारी निकायबाट कानूनी माग आएका कारण भारतमा रोयटर्स रोक्का गरिएको छ’ हुन आउँछ।

प्रकाशित: २३ असार २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार