
काठमाडौं ।
लुइ भिटन कोरियामा जुन महिनामा भएको सिस्टम गडबडीका कारण केही ग्राहकको सम्पर्कसम्बन्धी विवरण चुहावट भएको भए पनि वित्तीय जानकारी भने लिक नभएको कम्पनीले शुक्रबार जनाएको छ।
“एउटा अनधिकृत तेस्रो पक्षले अस्थायी रूपमा हाम्रो प्रणालीमा पहुँच पाएपछि केही ग्राहक जानकारी लिक भएको हामीलाई दुःखका साथ जानकारी गराउनुपरेको छ,” लुइ भिटन कोरियाले वक्तव्यमा उल्लेख गरेको छ।
कम्पनीले बुधबार मात्र उक्त प्रणालीमा गडबडीबारे थाहा पाएको र सम्बन्धित सरकारी निकायलाई जानकारी गराइसकेको पनि बताएको छ।
साथैकम्पनीले सिस्टम सुरक्षामा सुधार गर्दै लिक नियन्त्रण गर्न आवश्यक उपायहरू अपनाइसकेको जनाएको रोयटर्सले उल्लेख गरेको छ।
दुनियाँको सबैभन्दा ठूलो लक्जरी समूह अन्तर्गत पर्ने अन्य दुई ब्रान्ड—क्रिश्चियन डिओर कुत्युर र टिफानीका दक्षिण कोरियाली शाखाहरू पनि यसअघि वर्षको सुरुवातमा ग्राहक डाटा चुहावट भएको रिपोर्टपछि गत मे महिनादेखि सरकारी अनुसन्धानमा परेको दक्षिण कोरियाको व्यक्तिगत सूचना सुरक्षा आयोगले जनाएको छ।
प्रकाशित: २२ असार २०८२, आईतवार