शाओमीले गर्यो स्मार्ट अडियो ग्लासको विश्वव्यापी लन्च, मूल्य केवल ८६ अमेरिकी डलर

  • Technology Khabar | २३ असार २०८२, सोमबार
शाओमीले गर्यो स्मार्ट अडियो ग्लासको विश्वव्यापी लन्च, मूल्य केवल ८६ अमेरिकी डलर

काठमाडौं ।

शाओमीले आधिकारिक रूपमा विश्वव्यापी रूपमा आफ्नो स्मार्ट अडियो ग्लासेस लन्च गरेको छ। शाओमीको यो नयाँ स्मार्ट अडियो ग्लासेसलाई महँगो स्मार्ट आइवेयरहरूको बजेट–अनुकूल विकल्पको रुपमा ल्याइएको बताइएको छ।

अलीएक्सप्रेसमा केवल ८६.५४ अमेरिकी डलर मूल्य निर्धारण गरिएको यो ग्लासेसरूमा लाइटवेट कम्फर्टको साथ ओपन–इयर अडियो समावेश गरिएको छ।

स्मार्ट अडियो ग्लासेसले स्टाइलिश ग्लासेसमा निर्मित ब्लुटुथ इयरबडहरूले जस्तै काम गर्दछ। इन–इयर टिप्सको सट्टा स्मार्ट अडियो ग्लासेसले क्लियर ट्रेबल र डिसेण्ट (राम्रो) बासको साथ ओपन–इयर अडियो प्रदान गर्न एसएलएस०८२० अल्ट्रासोनिक स्पिकरहरू र विशेष रूपमा डिजाइन गरिएको साउण्ड क्याभिटी प्रयोग गरेको छ।

साथै डुअल साउण्ड लीकेज सुरक्षा र इको–क्यान्सलिङ एल्गोरिथ्मले ठूलो हाल्ला भएको वातावरणमा पनि कलहरू निजी र आवाजहरू स्पष्ट राख्न मद्दत गर्ने जनाइएको छ।

लचिलो नोज प्याड र राम्रो फिटको लागि कर्भ टेम्पलको साथ आरामदायितालाई मध्यनजर गर्दै डिजाइन गरिएको स्मार्ट अडियो ग्लासेसको तौल केवल ४० ग्राम रहेको उल्लेख गरिएको छ।

त्यसैगरी डिट्याचेबल (छुट्याउन मिल्ने) हिञ्ज प्रणालीले प्रयोगकर्ताहरूलाई फ्रेमहरू स्वाप गर्न दिने बताइएको छ। साथै ग्लासेसले वाटर र डस्टको लागि आईपी५४ रेटिङ्ग पनि प्राप्त गरेको उल्लेख छ।

शाओमीले ग्लासेसमा समावेश गरेको ब्याट्रीले ११ दिनसम्म स्ट्यान्डबाइमा वा १० घण्टा प्लेब्याक प्रदान गर्न सक्ने दाबी गरेको छ। उक्त ब्याट्री अन्य धेरै स्मार्टवाच चार्जरहरू जस्तै चुम्बकीय पोगो पिन मार्फत चार्ज हुने बताइएको।

टच कन्ट्रोल्स (नियन्त्रणहरू) ले संगीत बजाउन वा पज गर्न र कलहरूको जवाफ दिन सजिलो बनाउने बताइएको छ भने ग्लासेसमा रहेको बिल्ट–इन सेन्सरहरूको कारणले गर्दा प्लेब्याक स्वचालित रूपमा रोक्न पनि सकिनेछ।

ग्लासेसमा रे–ब्यान मेटा स्मार्ट ग्लासेसको जस्तो क्यामरा वा एआई सुविधाहरू समावेश नभए पनि धेरै कम मूल्य बिन्दुले गर्दा शाओमीको यो नयाँ स्मार्ट अडियो ग्लासेस स्मार्ट वेयरेबल्समा पहुँचयोग्य प्रविष्टि भएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: २३ असार २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार