गर्ल्स इन आइसीटी नेपालले बुधबार र बिहीबार बुटवल र धनगढीमा युवतीहरुका लागि कोडिङ वर्कशप गर्दै

  • Technology Khabar | १८ असार २०८२, बुधबार
गर्ल्स इन आइसीटी नेपालले बुधबार र बिहीबार बुटवल र धनगढीमा युवतीहरुका लागि कोडिङ वर्कशप गर्दै

काठमाडौं ।

गर्ल्ज इन आईसीटी नेपालले भोलि बुधबार बुटवलमा तथा पर्सि बिहीबार धनगढीमा युवतीहरुका लागि कोडिङ कार्यशाला आयोजना गर्ने भएको छ।

१८ देखि २४ वर्षसम्मका किशोरी तथा युवतीलक्षित यी कोडिङ कार्यशालामा भाग लिनका लागि ल्यापटप अनिवार्य रुपमा ल्याउनुपर्ने आयोजकले जनाएको छ। उक्त कार्यक्रमको थिम गर्ल्ज इन आईसीटी फर इन्क्लुजिभ डिजिटल ट्रान्स्फर्मेशन रहेको छ जसको आशय ‘समावेशी डिजिटल रुपान्तरणका लागि सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा महिला’ हुन आउँछ।

पाइथन कोडिङ प्लेटफर्ममा हुने यी कार्यशाला लुम्बिनीमा बुधबार १८ गते मिलनचोकको होटल पाम इन्टरनेशनलमा हुनेछ भने धनगढीमा भने कैलालीको सौंराई स्क्वायरमा बिहीबार १९ गते बिहान ९ बजेदेखि बेलुका ८ बजेसम्म चल्नेछ।

भाग लिन चाहनेले तलको लिङ्कमा गएर फर्म भर्न सक्ने आयोजकले जनाएको छ।

रजिस्ट्रेशन फर्म

प्रकाशित: १८ असार २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार