एन्ट ग्रुपद्वारा सन् २०२४ मा विकास र अनुसन्धानमा ३.२६ अर्ब लगानी: रिपोर्ट

  • Technology Khabar | १६ असार २०८२, सोमबार
एन्ट ग्रुपद्वारा सन् २०२४ मा विकास र अनुसन्धानमा ३.२६ अर्ब लगानी: रिपोर्ट

काठमाडौं ।

चिनियाँ फिनटेक कम्पनी एन्ट ग्रुपले सोमबार २०२१ देखि लगातार चार वर्षसम्म अनुसन्धान तथा विकास (आरएन्डडी) मा लगानी बढाउँदै आएको जनाएको छ। कम्पनीले सन् २०२४ मा २३.४५ अर्ब युआन (३.२६ अर्ब डलर) लगानी गर्दै कीर्तिमान कायम गरेको छ।

कम्पनीले यो विवरण आफ्नो २०२४ को दिगोपन प्रतिवेदनमा सार्वजनिक गरेको रोयटर्सले उल्लेख गरेको छ।

एण्ट ग्रुप चीनको एउटा प्रमुख फिनटेक कम्पनी हो र यो अलिबाबा ग्रुपसँग सम्बद्ध छ। यो कम्पनी विशेष गरी डिजिटल भुक्तानी सेवा अलिपेका लागि प्रख्यात छ, जुन विश्वका सबैभन्दा ठूलो मोबाइल भुक्तानी प्लेटफर्महरूमध्ये एक हो।

सन् २०१४ मा अलिबाबाबाट अलग कम्पनीको रूपमा स्थापना स्थापना भएको यो कम्पनीको मुख्यालय हाङ्झाउ, चीनमा रहेको छ। यसका मुख्य सेवामा अलिपे (मोबाइल वालेट), ऋण सुविधा, बीमा, सम्पत्ति व्यवस्थापन, र वित्तीय प्रविधिमा अनुसन्धान रहेका छन्। डिजिटल वित्तीय सेवा पहुँचलाई सहज बनाउने, विशेष गरी बैंक पहुँचबाहिर रहेका जनतालाई सेवा पुर्‍याउने कम्पनीको लक्ष्य छ।

प्रकाशित: १६ असार २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...