Technology Khabar १५ असार २०८२, आईतवार
काठमाडौं ।
यामाहा नेपालले काठमाडौँको गोंगबुमा नयाँ थ्रीएस फ्यासिलिटी (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) भएको शोरुम ‘मोटो क्राफ्ट्स प्रा.लि.’ को उद्घाटन गरेको छ।
आधुनिक पूर्वाधार र दक्ष टिम सहितको मोटो क्राफ्ट्सले अब यामाहाको विश्वसनीय थ्रीएस अनुभव एकै छानामुनि उपलब्ध गराउने छ, जहाँ ग्राहकहरूले बिस्तृत सेल्स कन्सल्टेसन र भरपर्दो आफ्टर सेल्स सर्भिस लिन र सक्कली स्पेयर पार्ट्सहरू एकै स्थानमा पाउन सक्ने बताईएको छ।
कार्यक्रममा बोल्दै एमएडब्ल्यू ग्रुप अफ कम्पनीजका समूह निर्देशक गोपालकुमार अग्रवालले भने, “यामाहा पर्फर्मेन्स, भरपर्दो प्रविधि र इनोभेसनसँग जोडिएको ब्रान्ड हो। गोंगबुमा मोटो क्राफ्ट्स प्रा. लि. सुरु गरेर हामीले नयाँ शोरुममात्र खोलेका छैनौँ, बरू यामाहाका प्रत्येक ग्राहकसम्म पुग्ने गरी हाम्रो उत्कृष्टताको प्रतिबद्धता फैलाईरहेका छौं।”
त्यस्तै, एमएडब्लु राइड्सका कार्यकारी निर्देशक तथा सीईओ दीपककुमार अग्रवालले भने, “गोंगबुमा नयाँ थ्रीएस शोरुम सुरु गर्नु भनेको हामीले यामाहाका उत्कृष्ट उत्पादन र सेवाहरू ग्राहकको नजिक पुर्याउने प्रयासकै अर्को कदम हो। हामी सधैं ग्राहक सेवा, पूर्वाधार र प्राविधिक क्षमतामा उच्च मापदण्ड कायम गर्दै नेटवर्क विस्तारमा अग्रसर रहनेछौं।”
नयाँ शोरुमको शुभारम्भसँगै गोंगबु र आसपासका ग्राहकले सजिलै यामाहाका मोटरसाइकल, स्कुटर, सर्भिस र स्पेयर पार्ट्स पाउन सक्ने कम्पनीले जनाएको छ।
प्रकाशित: १५ असार २०८२, आईतवार