स्प्यारो एसएमएसले एसईईको नतिजा एसएमएस मार्फत उपलब्ध गराउने

  • Technology Khabar | १३ असार २०८२, शुक्रबार
स्प्यारो एसएमएसले एसईईको नतिजा एसएमएस मार्फत उपलब्ध गराउने

काठमाडौं ।

स्प्यारो एसएमएसले पुनः एकपटक राष्ट्रिय परीक्षा बोर्ड (एनईबी) सँगको साझेदारीमा २०८१-२०८२ को एसईई नतिजा सिधै विद्यार्थीहरूको मोबाइलमा उपलब्ध गराउने भएको छ।

विगतमा, रिजल्ट हेर्न अत्यधिक चापका कारण वेबसाइट नखुल्ने समस्या मुख्य चुनौती देखिएको भन्दै कम्पनीको एसएमएस सेवाले यो समस्यालाई पूर्ण रूपमा समाधान गर्ने दाबी गरेको थियो।

राष्ट्रिय परीक्षा बोर्डको आधिकारिक नतिजा साझेदारको रूपमा, हरेक विद्यार्थीले, चाहे उनीहरू सहरमा हुन् वा दुर्गम गाउँमा, नतिजा सार्वजनिक हुने बित्तिकै प्राप्त गर्न सकुन् भन्ने सुनिश्चित गरेको कम्पनीको भनाई छ।

यसको लागि कम्पनीले एसईई (SEE) टाइप गरी एक स्पेस दिएर आफ्नो सिम्बल नम्बर लेख्न र यसलाई ३५००१ (35001) मा पठाउनुपर्ने छ, यसपछि नतिजा तुरुन्तै तपाईंको मोबाइलमा एसएमएस मार्फत आउने जनाएको छ।

स्प्यारो एसएमएसका प्रमुख कार्यकारी अधिकृत मनोज थापाले भने, “नतिजाको दिन विद्यार्थी र उनीहरूका परिवारका लागि एक महत्त्वपूर्ण दिन हो। यस्तो बेलामा वेबसाइट नचलेर हुने झन्झट कसैले पनि भोग्नु नपरोस्। हाम्रो लक्ष्य भनेको विद्यार्थीहरूलाई शान्त र छिटो तरिकाले आफ्नो नतिजा प्राप्त गर्ने अवसर दिनु हो।”

प्रकाशित: १३ असार २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Government making efforts to settle dispute over arrears of ISPs

  • Technology Khabar
  • १३ असार २०८२, शुक्रबार