जेठ मसान्तसम्म ८ अर्बमाथिको ल्यापटप तथा नोटबुक भित्रिए

  • Technology Khabar | १३ असार २०८२, शुक्रबार
जेठ मसान्तसम्म ८ अर्बमाथिको ल्यापटप तथा नोटबुक भित्रिए
सांकेतिक तस्विर

काठमाडौं ।

आर्थिक वर्ष २०८१/८२ को एघारौं महिना जेठ मसान्तसम्म ल्यापटप तथा नोटबुक आयातमा उल्लेख्य बढोत्तरी  भएको छ।

हालै भन्सार विभागले अद्यावधिक गरेको वैदेशिक व्यापारको २०८२ जेठ मसान्तसम्मको तथ्याङ्क अनुसार नेपालमा विभिन्न ३६ देश र एउटा नाम नखुलेको स्थानबाट ८ अर्ब ९ करोड ८५ लाख २४ हजार रुपैयाँ बराबरका जम्मा १ लाख १७ हजार ८९० थान ल्यापटप तथा नोटबुकहरु आयात भएको पाइएको छ।

तथ्याङ्कअनुसार ल्यापटप तथा नोटबुक आयातको आँकडा अघिल्लो वर्षको सोही अवधि अर्थात् २०८१ जेठ मसान्तमा १ लाख ५ हजार ५९० रहेकोमा एक वर्षको अवधिमा १२ हजार ३०० ले बढेर ८५ हजार ७२० मा पुगेको हो।

रकमका हिसाबले गत वर्षको यो अवधिमा ६ अर्ब ८५ करोड ३३ लाख २३ हजार रहेकोमा एक वर्षमा १८.१७ प्रतिशत अर्थात् १ अर्ब २४ करोड ५२ लाख १ हजारले बढे‍र समग्रमा ८ अर्ब ९ करोड ८९ लाख २४ हजार पुगेको छ।

सबैभन्दा धेरै ८२ हजार ४० थान चीनबाट आयात

यस्तो छ सङ्ख्याका आधारमा उत्कृष्ट १० को  विवरण:

क्रं स देश विवरण (थान) रकम (हजारमा)
चीन ११२५४२ ७७०६७३१
भारत १९३ १५०९५
मलेशिया १९७६ १३०७१४
सिंगापुर ३१४ २०००१
यूएई ९८६ ६८०१८
नाम नखुलेको स्थान ४४१ ३८१०१
अमेरिका ४०७ २९७८५
भियतनाम २४४ २४७२२
अस्ट्रेलिया ३८९ ३८४१३
१० ताइवान ९८ १०५१९०

यी बाहेक अन्य २६ मुलुकबाट २१ हजारदेखि ७८ लाख ९९ हजार रुपैयाँसम्मका १ देखि ६८ थानसम्म ल्यापटप तथा नोटबुक नेपाल भित्रिएका छन्।

प्रकाशित: १३ असार २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार