Technology Khabar ११ असार २०८२, बुधबार
काठमाडौं ।
रुपन्देहीमा विपतको सम्भावित घटनाबारे साइरनमार्फत सूचना दिइने भएको छ। मनसुनजन्य विपत्का घटनाबाट जनधनको क्षति न्यूनीकरण गर्न विपत् पूर्वतयारी रणनीति तयार गर्दै यस्तो निर्णय गरिएको हो।
रुपन्देहीमा विपतको सम्भावित घटनाबारे साइरनमार्फत सूचना दिइने भएको छ। मनसुनजन्य विपत्का घटनाबाट जनधनको क्षति न्यूनीकरण गर्न विपत् पूर्वतयारी रणनोति तयार गर्दै यस्तो निर्णय गरिएको हो।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको अध्यक्षतामा भैरहवास्थित जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले विपत्का घटना हुनुपूर्वको तयारी, विपत्का बेला उद्वार र घटनापछि अपनाउनुपर्ने योजनाबारे रणनीति तयार गरेको हो।
प्रमुख जिल्ला अधिकारो घिमिरेले मनसुनजन्य विपत्का घटना र बढी जोखिम हुन सक्ने सम्भावित स्थानको पहिचान गर्दै त्यस अनुरूपको पूर्वयोजना तयार गरिएको बताए। उनले भने, “विपत्को बेला उद्वार गर्ने जनशक्ति र उपकरणको प्रबन्ध, बाढी तथा डुबान हुनुपूर्वको सङ्केत तथा सावधानी, राहत सामग्रीको प्रबन्ध र स्वास्थ्य उपचारको व्यवस्था मिलाएका छौं।”
बाढी र डुबानको बढी जोखिमयुक्त स्थानमा जनशक्तिसहितको रबर बोट, स्थानीय उद्योग वाणिज्य सङ्घयलगायत निजी व्यावसायिक संस्थाको सहयोगमा खाद्यान्नलगायतका राहत सामग्री, स्वास्थ्य कार्यालयको पहलमा औषधीसहितको उपचार टोली पूर्वतयारी अवस्थामा राख्ने निर्णय बैठकले गरेको छ।
यस्तै राजमार्गमा बाढीपहिरोले निम्तिन सक्ने जोखिमलाई ख्याल गरी ठूला उद्धार सामग्री तयारी अवस्थामा राख्ने निर्णय गरिएको छ। नेपाल रेडक्रस सोसाइटीको सहयोगमा विपत् जोखिमयुक्त क्षेत्रमा साइरन बजाएर सम्भाषित विपत्बारे पूर्वसूचना दिइने भएको छ।
स्थानीय विपत् कोषलाई सक्रिय बनाइने भएको छ। नेपाल विद्युत् प्राधिकरणले विपत् प्रभावित स्थलमा विद्युत् प्रसारण भएका जोखिमयुक्त पोल पहिचान गरी त्यसको तत्कालै समाधान गर्ने निर्णय बैठकले गरेको छ।
रुपन्देही जिल्लाको उत्तरी क्षेत्रमा रहेका देवदह नगरपालिका, बुटवल उपमहानगरपालिका र कञ्चन गाउँपालिका क्षेत्रमा बाढीपहिरो जस्ता विपत्का घटनाको जोखिम बढी छ।
दक्षिणो भेगका कोटहीमाई, सम्मरोमाई, मर्चवारी, मायादेवो गाउँपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका क्षेत्रमा डुबानको समस्या छ। तिनाउ र दानव नदी किनाराका बस्तीमा बाढीको जोखिम हुने गर्छ। रूपन्देहीमा गत वर्ष बाढी र डुबानबाट सात जनाको ज्यान गएको थियो।
आजको गोरखापत्रबाट
प्रकाशित: ११ असार २०८२, बुधबार