ओप्पो रेनो१४ एफ स्न्यापड्रागन चिप, १२० हर्ज स्क्रिन र ६,००० एमएएच ब्याट्रीको साथ अनावरण

  • Technology Khabar | १३ असार २०८२, शुक्रबार
ओप्पो रेनो१४ एफ स्न्यापड्रागन चिप, १२० हर्ज स्क्रिन र ६,००० एमएएच ब्याट्रीको साथ अनावरण

काठमाडौं ।

ओप्पोले रेनो१४ सिरिज अन्तर्गत नयाँ रेनो१४ एफ अनावरण गरेको छ। ओप्पोको रेनो१४ सिरिजमा रेनो१४ र रेनो१४ प्रो गरी दुईओटा स्मार्टफोनहरू रहेका थिए भने अब चिनियाँ ब्रान्डले चुपचाप रेनो१४ एफ अनावरण गरेसँगै यो संख्या बढेर तीन पुगेको छ।

ओप्पो रेनो१४ र रेनो१४ प्रो मिडियाटेकको डाइमेन्सिटी चिप्सको साथ आएका थिए भने नयाँ रेनो१४ एफमा क्वालकमको स्न्यापड्रागन ६ जेन १ चिप समावेश गरिएको छ जसलाई १२जीबी सम्म एलपीडीडीआर ४एक्स र्याम र ५१२जीबी यूएफएस ३.१ स्टोरेजसँग पेयर्ड गरिएको छ। साथै स्मार्टफोनले एन्ड्रोइड १५ मा आधारित कलरओएस १५ रन गर्ने उल्लेख गरिएको छ।

ओप्पो रेनो१४ एफमा १,४०० निट्स पिक ब्राइटनेस र एजीसी ड्र्यागनट्रेल डीटी–स्टार डी+ सुरक्षासहितको ६.५७ इन्चको फुलएचडी+ १२०हर्ज एएमओएलईडी डिस्प्लेको रहेको छ। साथै स्क्रिनले भिजेको औंलाहरू वा पन्जा लगाएको बेलामा पनि काम गर्नेछ।

रेनो१४ एफमा ५० मेगापिक्सेलको प्राथमिक (सोनी आईएमएक्स८८२, ओआईएस), ८ मेगापिक्सेलको अल्ट्रावाइड, २ मेगापिक्सेलको म्याक्रो र ३२ मेगापिक्सेलको सेल्फी (एएफ) गरी फोटोग्राफको लागि चारओटा क्यामराहरू उपलब्ध गराइएका छन्। अल्ट्रावाइड क्यामरामा अटो–फोकस पनि रहेको छ जसले गर्दा छुट्टै, कम–रिजोल्युसन म्याक्रो क्यामरा समावेश गर्नुको पछाडि ओप्पोको तर्कमाथि प्रश्न उठ्ने उल्लेख गरिएको छ।

हालको ट्रेण्डलाई पछ्याउँदै, ओप्पो रेनो१४ एफमा एआई फ्ल्यास लाइभफोटो, एआई लाइभफोटो एक्सपोर्ट, एआई रिकम्पोज, एआई परफेक्ट शट र एआई स्टाइल ट्रान्सफरसहित केही एआई–संचालित फोटोग्राफी सुविधाहरू पनि समावेश गरिएका छन्।

ओप्पो रेनो१४ एफमा ६,००० एमएएच ब्याट्री समावेश गरिएको छ जसले ४५ वाट चार्जिङ सपोर्ट गर्नेछ। रेनो१४ एफका अन्य हाइलाइटहरूमा इन–डिस्प्ले फिङ्गरप्रिन्ट स्क्यानर, आईपी६९ रेटिङ र अण्डरवाटर फोटोग्राफी समावेश रहेका छन्।

रेनो१४ एफ ओप्पोको वेबसाइटमा ग्लोसी पिङ्क, ल्युमिनस ग्रीन र ओपल ब्लू रङ्गहरूमा सूचीबद्ध ङ्गरिएको छ। साथै डिभाइसमा ८ जीबी/२५६ जीबी, १२ जीबी/२५६ जीबी र १२ जीबी/५१२ जीबी गरी तीनओटा मेमोरी विकल्पहरू उपलब्ध हुनेछन्। ओप्पोले यसको मूल्य र उपलब्धता विवरणहरू अझै साझा नगरेको जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: १३ असार २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...