टाइटानिक अर्को वर्ष प्लेस्टेशनमा आउँदै

Technology Khabar ११ असार २०८२, बुधबार

काठमाडौं ।

प्रख्यात जहाज टाइटानिकसँग सम्बन्धित खेल अर्को वर्ष प्लेस्टेशनमा आउने भएको छ। टाइटानिक जहाजको दुर्घटना इतिहासको सबैभन्दा दुखद् घटनाहरू मध्ये एक मानिन्छ।

गेमरओफिसियलले टाइटानिक खेलको अस्तित्वको संकेत गर्दै खेलाडीहरूले “डुब्ने जहाजबाट भाग्ने र बाँच्ने” कार्य गर्नु पर्नेछ भनेर खुलासा गरेको छ।

“अनसिङ्केबल” (नडुब्ने) भनेर वर्णन गरिए पनि, प्रसिद्ध जहाज आरएमएस टाइटानिक साउथह्याम्प्टनबाट न्यूयोर्क शहरको आफ्नो पहिलो यात्राको क्रममा आइसबर्गमा ठोक्किएपछि सन् १९१२ को अप्रिल १५ तारिखमा बिहान समुद्रमा डुबेको थियो।

यस दुर्घटनामा चालक दलका सदस्यहरू सहित १,५०० यात्रुको मृत्यु भएको अनुमान गरिएको छ भने जहाजमा २,२२४ जना यात्रुहरु सवार रहेका थिए।

“टाइटानिकः अनर एण्ड ग्लोरी” शीर्षकको खेलमा टिप्पणी गर्दै, सामाजिक सञ्जाल प्रयोगकर्ताहरू भाग्ने सिमुलेशन कस्तो देखिनुपर्छ भन्नेबारे विचारहरूले भरिएको उल्लेख गरिएको छ।

यो खेल सन् २०१२ देखि भिन्टेज डिजिटल रिभाइभलले विकास गरेको टेलीग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: ११ असार २०८२, बुधबार

तपाइको प्रतिक्रिया