एक्सबक्स–ब्रान्डेड मेटा भीआर हेडसेटहरू अपेक्षा गरिएको भन्दा पहिले आइपुग्ने

Technology Khabar १२ असार २०८२, बिहीबार

काठमाडौं ।

एक्सबक्स–ब्रान्डेड मेटा क्वेस्ट ३एस हेडसेटको तस्बिरहरू लीक भएका छन् जुन अब चाँडै आउने अपेक्षा गरिएको छ।

पछिल्लो समय एक्सबक्स निकै सक्रिय भएको छ। यस अघि आसुससँगको सहकार्यमा सिर्जना गरिएको पोर्टेबल कन्सोलको झलक देखा परेको थियो भने अब एक्सबक्स–ब्रान्डेड भीआर हेडसेटको तस्बिर रिलिज गरिएको छ।

त्यसैगरी एक्सबक्सले आगामी दिनहरूमा एक्सबक्स–ब्रान्डेड मेटा क्वेस्ट ३एस हेडसेट लन्च गर्नको लागि मेटासँग मिलेर काम गरेको बताइएको छ।

स्पेक रुमर्सले डिभाइसको निर्माण १२८जीबी स्टोरेजसहितको बेस क्वेस्ट ३एस मोडेलको जस्तै समान हुने उल्लेख गरेको छ जुन सम्भवतः एक्सबक्स वायरलेस कन्ट्रोलर, मेटा क्वेस्ट एलिट र तीन महिनाको एक्सबक्स गेम पासको साथ बन्डल गरिने बताइएको छ।

डिभाइसको बारेमा एक्सबक्स वा मेटाले अहिलेसम्म कुनै आधिकारिक घोषणा गरेको छैन। एक्सबक्स–ब्रान्डेड भीआर हेडसेटको मूल्य ३९९ अमेरिकी डलर हुन सक्ने र जुन २४ तारिखमा लन्च हुने सम्भावना रहेको अफवाहहरूले सुझाव दिएको टेलिग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: १२ असार २०८२, बिहीबार

तपाइको प्रतिक्रिया