आईफोन १७ मा ६.३ इन्चको डिस्प्ले हुने पुष्टि

  • Technology Khabar | ११ असार २०८२, बुधबार
आईफोन १७ मा ६.३ इन्चको डिस्प्ले हुने पुष्टि

काठमाडौं ।

अमेजन इन्डियामा रहेको स्पिगनको स्टोरले अनजानमा आगामी आईफोन १७ मा ६.३ इन्चको डिस्प्ले हुने हल्लाहरूको पुष्टि गरेको हुन सक्ने उल्लेख गरिएको छ।

स्टोरले स्पिगनको लोकप्रिय ईजेड फिट टेम्पर्ड ग्लास स्क्रिन प्रोटेक्टर गार्डलाई आईफोन १६ प्रोसँग उपयुक्त हुने भनी सूचीबद्ध गरेको छ भने जसमा ६.३ इन्चको स्क्रिन, आईफोन १७ र आईफोन १७ प्रो समावेश रहेका छन्। यदि यो जानकारी सत्य भएको खण्डमा भने आईफोन १७ र १७ प्रोले ६.३ इन्चको स्क्रिन साझा गर्नेछन्।

अफवाहहरूले फरक गुणस्तरका प्यानलहरूलाई औंल्याउदै गर्दा यो एउटा महत्त्वपूर्ण चेतावनी भएको र प्रोमा सम्भवतः उत्कृष्ट स्पेक्सहरू हुने अनुमान गरिएको छ।

हालको लाइनअपमा, आईफोन १६ मा ६.१ इन्चको डिस्प्ले, १६ प्रोमा ६.३ इन्चको डिस्प्ले, आईफोन १६ प्लसमा ६.७ इन्चको डिस्प्ले र आईफोन १६ प्रो म्याक्समा ६.९ इन्चको डिस्प्ले रहेका छन्।

आईफोन १७ सिरिजलाई हेर्दा – १७ र १७ प्रोमा ६.३ इन्चको डिस्प्ले हुनेछ भने आईफोन १७ एयरले प्लसलाई प्रतिस्थापन गर्दै ६.६ इन्चको डिस्प्ले हुने हल्ला रहेको छ। साथै १७ प्रो म्याक्सले ६.९ इन्चको डिस्प्ले कायम राख्ने जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: ११ असार २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...