हुलाक सेवा साधनस्रोत सम्पन्न र प्रविधियुक्त हुनुपर्छ: सरोकारवालाहरु

  • Technology Khabar | ९ असार २०८२, सोमबार
हुलाक सेवा साधनस्रोत सम्पन्न र प्रविधियुक्त हुनुपर्छ: सरोकारवालाहरु

काठमाडौं ।

लामो इतिहास बोकेको हुलाक सेवालाई समयसापेक्ष एवं साधनस्रोतबाट सम्पन्न तथा उच्चप्रविधियुक्त बनाउनुपर्ने आवश्यकता औंल्याइएको छ।

हुलाक निर्देशनालय जनकपुरधामद्वारा आज यहाँ आयोजित स्थानीय हुलाकका प्रतिनिधिसँगको अन्तरक्रियाका वक्ताहरूले हुलाक सेवा प्रविधियुक्त नहुँदा सेवाग्राहीबाट अलग हुनुपर्ने अवस्था सिर्जना हुने बताएका हुन्।

बदलिँदो परिस्थितिमा हुलाक सेवा विभागअन्तर्गतका निकायको कार्यलाई भरपर्दो, समयको माग, ग्राहकको चाहना, छिटोछरितो तथा आधुनिक बनाउन नेपाल सरकारले स्पष्ट कानुन बनाउनुपर्ने उनीहरूको भनाइ छ। सूचना प्रविधिको यस युगमा हुलाकको कार्यमा परिवर्तन नआएकाले शिथिल हुँदै गएकामा उनीहरूको चिन्ता छ।

हुलाक सेवा सिथिल हुनुमा विगतमा हुलाकले गर्दै आएका काम अहिले निजी क्षेत्रले लिएको, दक्ष जनशक्ति अभाव रहेको र स्रोतसाधन कमीका कारणले कर्मचारी त्यहाँ बस्न नखोजेकाले समस्या पैदा भएको कारण औँलाइएको छ।

जिल्ला समन्वय समिति (जिससका) प्रमुख राजनन्दन मण्डलले हुलाकको कामलाई व्यवस्थित तथा जनताको आकर्षण बनाउनका लागि हुलाक सेवा विभागले प्रदेश तथा स्थानीय निकायसँग समन्वय गरेर योजनाबद्ध रूपमा कार्य गर्नुपर्ने बताए।

साधनस्रोतको अभावमा त्यहाँ कर्मचारीहरूले काम गर्न नखोज्ने तथा राजनीतिकको पछाडि गएर सरुवा गराउने परिपाटीले हुलाकको दिगो विकास नहुने उनको भनाइ थियो।-रासस

प्रकाशित: ९ असार २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Government making efforts to settle dispute over arrears of ISPs

  • Technology Khabar
  • ९ असार २०८२, सोमबार