त्रिविका दस सेवा अब अनलाइनबाट

Technology Khabar ९ असार २०८२, सोमबार

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले यही असार १५ गतेदेखि १० वटा सेवा अनलाइनमार्फत प्रदान गर्ने भएको छ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार त्रिवि रजिस्ट्रेसन आवेदन फाराम, परीक्षा आवेदन फाराम, ट्रान्सक्रिप्ट आवेदन फाराम, प्रोभिजनल सर्टिफिकेट, मूल प्रमाणपत्र, पुनर्योगका लागि आवेदन फाराम, शैक्षिक कागजातमा नाम/थर/रजिस्ट्रेसनलगायत सच्याउने फाराम, विभिन्न सिफारिसपत्र, प्रमाणपत्रको प्रमाणीकरण र प्रतिलिपि ट्रान्सक्रिप्ट र मार्कसिट अनलाइनमार्फत प्रदान गर्न लागिएको हो।

यो सेवा अनलाइनबाट प्रदान हुने भएपछि विद्यार्थी कार्यालयमै आएर काम गर्नुपर्ने झन्झटबाट मुक्त हुने छन्। परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस कार्यालयबाट वार्षिक पाँच लाख विद्यार्थीलाई प्रमाणपत्रसँग सम्बन्धित सेवा प्रदान गरिँदै आएको छ।

सीमित स्रोतसाधन, अपर्याप्त प्राविधिक तथा दक्ष जनशक्ति, शैक्षिक तथा प्रशासनिक चुनौतोबिच सेवा प्रवाहलाई प्रविधिको प्रयोगमार्फत बिद्युतीकरण गर्दै आएको परीक्षा नियन्त्रक जोशीले बताए। यसअधि त्रिविले दीक्षान्त फाराम र बिए/बिएडको ट्रान्सक्रिप्ट अनलाइन माध्यमको प्रयोग गर्दै आएको छ।

आजको गोरखापत्रबाट

प्रकाशित: ९ असार २०८२, सोमबार

तपाइको प्रतिक्रिया