Technology Khabar ५ असार २०८२, बिहीबार
काठमाडौं ।
इजरायली डेभलपर मओर शलोमोले आफ्नो ६ महिना पुरानो आफैंले लगानी गरेर सुरु गरेको भाइब-कोडिङ स्टार्टअप बेस४४ कम्पनी वेब डेभलपर प्लेटफर्म विक्सलाई ८ करोड डलरमा बिक्री गरेका छन्। विक्सले बुधबार यो घोषणा गरेको हो। टेकक्रञ्चसँग कुरा गर्दै विक्सले यो सम्झौता पूरै नगदमा भएको पुष्टि गरेको छ।
शलोमो पूर्ण रूपमा एक्लो थिएनन्। विक्सले पुष्टि गरेअनुसार उनका आठ जना कर्मचारी थिए। उनीहरूले ८ करोड डलरमध्ये २ करोड ५० लाख डलर “रिटेन्सन बोनस” को रूपमा पाउनेछन्। तर, विक्सले ती बोनस पाउन कर्मचारीहरू कति समयसम्म कम्पनीमा रहनुपर्ने भन्ने विवरण भने दिएको छैन।
तर पनि बेस४४ को चाँडो सफलता र उल्लेखनीय मूल्यमा बिक्री हुनु भाइब-कोडिङ समुदायमा चर्चाको विषय बनेको छ।
६ महिनासम्म स्वतन्त्र रूपमा चलेको यो कम्पनीले प्रारम्भिक तीन हप्तामै १० हजार प्रयोगकर्ता पुर्याउँदै २ लाख ५० हजार प्रयोगकर्ता बनाएको बताइएको छ। शलोमोका अनुसार (उनका एक्स र लिंक्डइन पोस्टहरूमा आधारित), कम्पनी नाफामा चलिरहेको थियो — मे महिनामा मात्रै कम्पनीले १ लाख ८९ हजार डलर नाफा कमाएको थियो, जसमा एलएलएम टोकन खर्चसमेत कटौती गरिएको थियो।
बेस४४ खासगरी “मौखिक” भरमा फैलिएको हो — ३१ वर्षीय प्रोग्रामर शलोमोले आफ्नो निर्माण यात्रा लिंक्डइन र ट्विटरमा साझा गरेका थिए। उनले इजरायली टेक न्युज साइट सीटेक सँग भने अनुसार यो प्रोजेक्ट उनले सुरुवातमा साइड प्रोजेक्टको रूपमा सुरु गरेका थिए।
“बेस४४ एउटा प्रयोगात्मक प्रयास हो जसले प्राविधिक वा गैर-प्राविधिक सबैलाई कोडिङ नगरी सफ्टवेयर बनाउन सहयोग गर्छ,” उनले सार्वजनिक घोषणा गर्दै लिंक्डइनमा लेखेका थिए।
यो गैर-प्रोग्रामरहरूका लागि तयार पारिएको भाइब-कोडिङ प्रवृत्तिको नयाँ उत्पादनहरूमध्ये एक हो। प्रयोगकर्ताले केवल टेक्स्ट प्रविष्ट गर्छन्, र प्लेटफर्मले त्यसैअनुसार डाटाबेस, स्टोरेज, प्रमाणिकरण, एनालिटिक्स र इन्टिग्रेशनसहित पूरा एप बनाइदिन्छ। यसमा इमेल, टेक्स्टिङ, म्याप्स पनि समर्थन छ, र भविष्यमा इन्टरप्राइज स्तरको सुरक्षा सुविधा थप्ने योजना बनाइएको छ।
बेस४४ यस्ता सेवाहरू दिने एक मात्र कम्पनी होइन। एडप्टिभ कम्प्युटरजस्ता अन्य भाइब-कोडरहरूले पनि यस्तै पूर्वाधार सेवा दिन्छन्। तर बेस४४ को तीव्र बढोत्तरी सबैका लागि चकित पार्ने खालको थियो।
शलोमो पहिले नै इजरायली स्टार्टअप समुदायमा परिचित थिए — उनले स्थापना गरेको र इन्साइट पार्टनरले लगानी गरेको अघिल्लो स्टार्टअप एक्स्प्लोरियम डाटा एनालिटिक्समा आधारित थियो। उनका दाजु पनि एआई सुरक्षा स्टार्टअप टोकन सेक्युरिटीका सह-संस्थापक हुन्, जसले हालै नोटेबल र केही इजरायली टेक्ट कम्पनीहरूबाट २ करोड डलर लगानी जुटाएको छ।
प्रकाशित: ५ असार २०८२, बिहीबार