फेसबुकका भिडियोहरू अब सबै रिल्स मात्र हुने

Technology Khabar ५ असार २०८२, बिहीबार

काठमाडौं ।

फेसबुकले एक पटक फेरि आफ्नो एपको “भिडियो” खण्डलाई पुनः ब्राण्डिङ गर्दैछ। यस पटक पहिले “भिडियो” भनेर चिनिने ट्याब (पहिले “वाच” पनि भनिन्थ्यो) अब “रिल्स” हुने भएको छ।

क्लिप जति लामो होस् वा जसरी खिचिएको भएपनि, सामाजिक सञ्जालमा भएका सबै भिडियोहरू अब “रिल्स” को छातामुनि पर्ने कम्पनीले बताएको छ।

यो परिवर्तनले प्रयोगकर्ताहरू र प्लेटफर्ममा भिडियो क्लिपहरू साझा गर्ने सिर्जनाकर्ताहरूको लागि चीजहरू सरल बनाउने मेटाले उल्लेख गरेको छ।

यस अघि, प्रयोगकर्ताहरूले उपलब्ध गराएको भिडियोलाई फेसबुक एपभरी सिफारिस गरिएका छोटो क्लिपहरू अर्थात “रिल्स” को रुपमा वा लाइभ र लामो सामग्री साथै साथीहरूको लागि मात्र लक्षित भिडियो पोस्टहरू समावेश भएको “भिडियो” बनाउन चाहन्छन् भनेर निर्णय गर्नुपर्थ्यो। अब, यो भिन्नताले फरक नपार्ने भएको छ।

पहिले एक मिनेट वा सोभन्दा कम समयको छोटो भिडियोको लागि स्पष्ट रूपमा प्रयोग गरिने गरिएको रिल्सको ढाँचा अब मेटाले बिस्तारै विस्तार गरिरहेको छ।

इन्स्टाग्राममा, अब रिल्स तीन मिनेटसम्म लामो हुन सक्ने उल्लेख गरिएको छ। फेसबुकमा भने “रिल्स” को लम्बाइको बारेमा कुनै माथिल्लो सीमा नतोकिएको उल्लेख छ। “प्रयोगकर्ताले कुनै पनि लम्बाइ वा ओरिएन्टेसनको रिल्स सिर्जना गर्न र साझेदारी गर्न सक्षम हुनुहुनेछन्, चाहे त्यो क्विक, ३०–सेकेन्डको भर्टिकल (ठाडो) क्लिप होस् वा इन–डेफ्थ, २०–मिनेट प्लस हरिजोन्टल (तेर्सो) एपिसोड होस्” मेटाले बताएको छ।

धेरैजसो मानिसहरू लामो “एपिसोड” भन्दा छोटो, ठाडो क्लिपहरू “रिल्स” मा अभ्यस्त भएको हुनाले यो परिवर्तन थोरै भ्रामक हुन सक्ने उल्लेख गरिएको छ।

साथै रिल्समा अझै पनि समयको सीमितता हुने इन्स्टाग्राममा भिडियोले काम गर्ने तरिका भन्दा यसको तरिका उल्लेखनीय रूपमा भिन्न रहेको बताइएको छ। त्यसैगरी यसले गोपनीयताको दृष्टिकोणबाट पनि प्रश्न उठाउन सक्छ।

रिल्सहरू सामान्यतया सार्वजनिक पोस्टहरू हुन् र धेरै फेसबुक प्रयोगकर्ताहरूले भिडियो अपलोड गर्छन् जुन तिनीहरू आफ्ना अवस्थित साथीहरूसँग मात्र साझा गर्न चाहन्छन्।

यसले प्रयोगकर्ताहरूका लागि परिवर्तन रोल आउट भएपछि तिनीहरूका क्लिपहरू केवल लक्षित दर्शकहरूमा पुगोस् भनेर उनीहरूको गोपनीयता सेटिङहरू रिभिजिट गर्न प्रेरित गर्ने मेटाले बताएको छ।

मेटाले यी परिवर्तनहरू “आगामी महिनाहरूमा” बिस्तारै लागू हुने बताएको छ जसले गर्दा मानिसहरूले नयाँ ढाँचामा समायोजन गर्नका लागि केही समय प्राप्त गर्ने इनग्याजेटले उल्लेख गरेको छ।

प्रकाशित: ५ असार २०८२, बिहीबार

तपाइको प्रतिक्रिया