एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवल कारमा १० प्रतिशत छुट 

  • Technology Khabar | ४ असार २०८२, बुधबार
एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवल कारमा १० प्रतिशत छुट 

काठमाडौं ।

भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले जारी गर्दै आएको एससीटी-यूपीआई कार्डका सम्पूर्ण ग्राहकहरूलाई मौलाकाली केवल कारमा १० प्रतिशत छुट हुने भएको छ।

समुन्द्री तहबाट १८४१ फिट माथि नवलपुर जिल्लाको गैँडाकोटमा अवस्थित यस मन्दिरमा दर्शन गर्न आउने आगन्तुकहरूको यात्रा अझ सहज र शुलभ हुने अपेक्षा गर्दै एससीटी र मौलाकाली केवल कारले यस अफर ल्याएको जानकारी दिएको छ।

अफर अन्तर्गत ग्राहकहरूले आफ्नो एससीटी-यूपीआई कार्डबाट पोस मेसिन मार्फत टिकट खरिद गर्दा १० प्रतिशत छुट हुने कम्पनीले जनाएको छ।

यो अफर मार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहीत कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको कम्पनीको भनाई छ।

प्रकाशित: ४ असार २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...