रियलमी नार्जो ८० लाइट फाइभजी डाइमेन्सिटी ६३०० र ६,००० एमएएच ब्याट्रीको साथ घोषणा

Technology Khabar ३ असार २०८२, मंगलवार

काठमाडौं ।

रियलमीले नार्जो ८० सिरिज अन्तर्गत रियलमी नार्जो ८० लाइट फाइभजी आधिकारिक रूपमा घोषणा गरेको छ। नयाँ डिभाइस वास्तवमा पुनः ब्राण्ड गरिएको रियलमी सी७३ भएको र यसमा १२० हर्ज एलसीडी, डाइमेन्सिटी ६३०० चिपसेट र ६,००० एमएएच ब्याट्री रहेको छ।

नार्जो ८० लाइटमा एचडी+(प्लस) रिजोल्युसन र १२० हर्ज रिफ्रेस रेट भएको ६.६७–इन्च आईपीएस एलसीडी समावेश गरिएको छ। साथै प्यानलमा ६२५ निट्स पीक ब्राइटनेस र ८ मेगापिक्सेल फ्रन्ट–फेसिङ क्यामरा रहेको छ।

फोनमा रहेको मिडियाटेकको डाइमेन्सिटी ६३०० चिपसेटलाई ४/६जीबी र्याम र १२८जीबी स्टोरेजसँग जोडिएको छ। फोनको पछाडि विवरण नखुलाइएको एक असिस्टेन्ट सेन्सरको साथ जीसी३२ई२ सेन्सरसहितको ३२ मेगापिक्सेलको मुख्य शूटर रहेको छ।

सफ्टवेयरतर्फ, एन्ड्रोइड १५ मा आधारित रियलमी यूआई ६ द्वारा कभर गरिएको छ भने डिभाइसमा १५वाट वायर्ड चार्जिङलाई समर्थन गर्ने ६,०००एमएएच ब्याट्री समावेश गरिएको छ।

रियलमी नार्जो ८० लाइट क्रिस्टल पर्पल र ओनिक्स ब्ल्याक रङ्गहरूमा उपलब्ध हुनेछ। यसको ४/१२८जीबी ट्रिमको लागि १०,४९९ भारतीय रुपैयाँ (१२१ अमेरिकी डलर) र ६/१२८जीबी संस्करणको लागि ११,४९९ भारतीय रुपैयाँ (१३३ अमेरिकी डलर) मूल्य निर्धारण गरिएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: ३ असार २०८२, मंगलवार

तपाइको प्रतिक्रिया