Technology Khabar २९ जेष्ठ २०८२, बिहीबार
काठमाडौं ।
विश्वले जुन ११ तारिख (बुधबार) जुन महिनाको पूर्णिमा अर्थात “स्ट्रबेरी मुन” देख्ने छ। यो पूर्णिमाले नर्दन हेमिस्फेयर (उत्तरी गोलार्ध) मा वसन्तको अन्तिम दिनलाई जनाउने छ। लगभग २० वर्षपछि सबैभन्दा ‘लोयस्ट फुलमुन’ हुने भएकाले यस वर्षको घटनालाई अझ विशेष रुपमा हेरिएको बीबीसीले बताएको छ। ‘मेजर लुनार स्ट्याण्डस्टिल’ भनेर चिनिने घटनाको कारणले गर्दा देखिने स्ट्रबेरी मुन अब यो अवसर सन् २०४३ सम्म फेरि देखा नपर्ने बताइएको छ। यो दुर्लभ घटनाले चन्द्रमालाई न्यानो, सुनौलो चमक दिनेछ जसले गर्दा यो उत्तरी गोलार्धभरिका आकाशदर्शकहरूका लागि हेर्नै पर्ने घटना हुनेछ।
स्ट्रबेरी मुन भनेको के हो?
स्ट्रबेरी मुन वास्तवमा स्ट्रबेरी फल जस्तो नदेखिने र न त यो गुलाबी रङ्गको नै हुनेछ। “स्ट्रबेरी मुन” नामको जरा विभिन्न सांस्कृतिक परम्पराहरूमा भटिने गरिएको छ जसमा नेटिभ अमेरिकन, कोलोनियल अमेरिकन र युरोपियन ओरिजिन्स समावेश छन् भने यसलाई द ओल्ड फार्मर्स अल्मानाकद्वारा दस्तावेज गरिएको छ।
ऐतिहासिक रूपमा, ऋतुहरू ट्र्याक गर्नको लागि पूर्णिमाको नामहरू प्रयोग गरिन्थ्यो। जुनको महिनाको पूर्णिमालाई प्रायः वसन्तको अन्तिम वा गर्मीको पहिलो र परम्परागत रूपमा स्ट्रबेरी मुन भनिने चलन रहेको उल्लेख गरिएको छ।
यो नाम उत्तरपूर्वी संयुक्त राज्य अमेरिकाका नेटिभ अमेरिकन ट्राइब्स (मूल निवासी अमेरिकी जनजातिहरू) बाट आएको हो। यसले “जुन–बियरिङ” स्ट्रबेरीहरूको पाक्ने मौसमलाई जनाउँछ भने यस समयमा फलहरु टिप्नको लागि योग्य हुने बताइएको छ। आदिवासीहरूले यसलाई ‘बेरी रिपेन मुन’ पनि भन्ने गरेका छन्। साथै यो समयमा फूलहरू फुल्ने र फलहरू पाक्ने समय हो।
यस वर्षको स्ट्रबेरी चन्द्रमा किन दुर्लभ छ?
जुन महिनाको पूर्णिमा सामान्यतया नर्दन हेमिस्फेयर (उत्तरी गोलार्ध) मा वर्षको सबैभन्दा तल आउने/देखिने गर्दछ। यस वर्षको सुरुमा भएको ‘मेजर लुनार स्ट्याण्डस्टिल’ को परिणामस्वरूप यो महिना थप प्रभावहरू देखिने सम्भावना रहेको बताइएको छ जसको प्रभाव अझै पनि देख्न सकिन्छ।
बीबीसीका अनुसार ‘यो तब हुन्छ जब चन्द्रमा पृथ्वी वरिपरि आफ्नो कक्षको चरम सीमामा पुग्दछ, क्षितिजमा यसको सबैभन्दा उत्तरी र दक्षिणी स्थितिमा उदाउँछ र अस्ताउँछ’ भनि उल्लेख गरिएको छ।
यो दुर्लभ घटना प्रत्येक १८.६ वर्षमा हुने गर्दछ भने यसको प्रभावहरू पूर्णिमाको समयमा सबैभन्दा बढी देखिने उल्लेख गरिएको छ। आउटलेटका अनुसार, सन् २०४३ सम्मका लागि चन्द्रमा फेरि यति तल आउने÷देखा पर्ने अपेक्षा गरिएको छैन।
भारतमा स्ट्रबेरी चन्द्रमा कहिले र कहाँ हेर्ने?
जुन ११ तारिखमा पूर्णिमा आफ्नो चरम प्रकाशमा पुग्नेछ। भारतमा बुधबार सूर्यास्त पछि स्ट्रबेरी मुन (चन्द्रमा) हेर्नको लागि उपयुक्त समय भएको उल्लेख गरिएको छ। चन्द्रमा दक्षिणपूर्वी क्षितिजमा तल आएको देखिनेछ भने गोधूलिमा वार्म ग्लो (न्यानो चमक) हुनेछ।
उत्तम अनुभवको लागि, न्यूनतम प्रकाश प्रदूषण भएको खुला क्षेत्र उपयुक्त हुनेछ। यसले गर्दा आकाशको स्पष्ट दृश्य देखिने छ र डीएसएलआर क्यामराबा चन्द्रमाको सुन्दरता तस्बिर खिच्न सकिने छ। साथै ट्राइपडले शटहरू (तस्बिर) स्थिर गर्न मद्दत गर्नेछ।
आरामदायी ठाउँ छनौट गरेपछि स्ट्रबेरी मुन नजिकबाटलाई हेर्नको लागि र अनुभवलाई अझ रमाइलो बनाउन दूरबीन वा टेलिस्कोप प्रयोग गर्दा झनै उत्तम हुने एनडीटिभीले उल्लेख गरेको छ।
प्रकाशित: २९ जेष्ठ २०८२, बिहीबार