Technology Khabar २८ जेष्ठ २०८२, बुधबार
काठमाडौं ।
एप्पलले आफ्नो वार्षिक विश्वव्यापी विकासकर्ता सम्मेलन ‘वर्ल्र्ड वाईड डेभलपर्स कन्फरेन्स – डब्ल्यूडब्ल्यूडीसी२५’ को मुख्य भाषणमा एयरपड्स ४, एक्टिभ नोइज क्यान्सलेसन (एएनसी) भएको एयरपड्स ४ र एयरपड्स प्रो २ का लागि केही नयाँ सुविधाहरू घोषणा गरेको छ।
स्टुडियो–क्वालिटी (गुणस्तर) को अडियो रेकर्डिङले इन्टरभ्यूअर्स, पोडकास्टर्स, गायकहरू र अन्य क्रियटर्स (सिर्जनाकर्ताहरू) लाई भ्वाइस आइसोलेसनको मद्दतले यात्रामा वा कोलाहलपूर्ण ठाउँहरूमा हुँदा पनि राम्रो साउण्ड क्वालिटी (गुणस्तर) को साथ आफ्नो कन्टेण्ट (सामग्री) रेकर्ड गर्न दिनेछ।
एप्पलले आईफोन कलहरू, फेसटाइम, र कलकिट–सक्षम एपहरूमा “अधिक प्राकृतिक भोकल टेक्स्चर बनावट) र क्ल्यिारिटी (स्पष्टता)” को लागि वाचा गरेको उल्लेख छ। आईफोन, आईप्याड, वा म्याकमा जडान हुँदा स्टुडियो–क्वालिटी (गुणस्तर) अडियो रेकर्डिङ र सुधारिएको कल गुणस्तरले काम गर्ने बताइएको छ। यसले क्यामरा एप, भ्वाइस मेमो, म्यासेजेज (सन्देशहरू) मा डिक्टेसन (श्रुतिलेखन), वेबेक्स जस्ता भिडियो कन्फरेन्सिङ एपहरू र “कम्प्याटिबल थर्ड–पार्टि क्यामरा एपहरू” लाई पनि समर्थन गर्नेछ।
त्यसैगरी एप्पलले क्यामरा रिमोट पनि प्रस्तुत गरेको छ। आईफोन वा आईप्याडमा क्यामरा एप वा उपयुक्त थर्ड–पार्टि (तेस्रो–पक्ष) क्यामरा एप प्रयोग गरेर फोटो खिच्न वा भिडियो रेकर्डिङ सुरु गर्नको लागि एयरपड्स स्टेम थिचेर होल्ड गर्न सकिने बताइएको छ भने त्यसपछि रेकर्डिङ रोक्नको लागि फेरि स्टेम थिचेर होल्ड गर्न सकिने उल्लेख गरिएको छ।
यी सुविधाहरू अर्को महिना एप्पल बिटा सफ्टवेयर कार्यक्रम मार्फत उपलब्ध हुनेछन् भने आईओएस २६, आईप्याडओएस २६ र म्याकओएस टाहो २६ को भाग हुने जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: २८ जेष्ठ २०८२, बुधबार