
काठमाडौं ।
बढ्दो प्रतिस्पर्धाको बीचमा युरोपमा फोल्डेबल स्मार्टफोन बजार सन् २०२५ को पहिलो त्रैमासिकमा ४ प्रतिशतले वृद्धि भएको छ। फोल्डेबलहरूले यस क्षेत्रमा कुल स्मार्टफोन बिक्रीको १.५ प्रतिशत ओगटेको काउन्टरपोइन्ट रिसर्चले साझा गरेको रिपोर्टले उल्लेख गरेको छ।
फोल्डेबलहरू बजारमा आएको धेरै वर्ष भए पनि फोल्डेबलहरूको अझै पनि बजार वृद्धि घट्दै गएको तथ्याङ्कले देखाएको उल्लेख गरिएको छ।
सामसङले युरोपमा आफ्नो ४१ प्रतिशत बजार हिस्साको साथ यस क्षेत्रमा निर्विवाद रुपमा नेतृत्वमा रहन सफल भएको छ। तैपनि, प्रमुख प्रतिस्पर्धीहरूले आफ्नो पोर्टफोलियो बढाएको हुनाले कोरियाली ब्रान्डले गत वर्षको तुलनामा (१५ प्रतिशत अङ्क) उल्लेखनीय बजार हिस्सा गुमाएको छ।
मोटोरोलाले युरोपमा दोस्रो अग्रणी खेलाडीको रूपमा अनरलाई उछिनेको र अब १५ प्रतिशत बजार हिस्सा ओगटेको उल्लेख गरिएको छ। उक्त बजार हिस्सा ओगट्नको लागि रेजर ५० मोटोरोलाको सबैभन्दा बलियो योगदानकर्ता भएको उल्लेख गरिएको छ।
अनर १३ प्रतिशत बजार हिस्साको साथ तेस्रो स्थानमा आएको छ। त्यसैगरी गुगलले आफ्नो पिक्सेल ९ प्रो फोल्डको बलियो मागका कारण ८ प्रतिशत बजार हिस्सा सुरक्षित गर्न सफल भएको छ। टेक्नोले यसको आफ्नो फ्यान्टम भी फोल्ड २ बलियो मागको कारण युरोपेली फोल्डेबल फोन बजारमा सबैभन्दा ठूलो वृद्धि देखेको छ।
त्यसैगरीशाओमीले ८ प्रतिशत र ओप्पोले ४ प्रतिशत बजार हिस्सा सुरक्षित गर्न सफल भएका छन्। काउन्टरपोइन्टले आगामी महिनाहरूमा फोल्डेबल बजारमा कम खुद्रा मूल्य निर्धारण र सुधारिएको वृद्धिको साथ सबै ब्रान्डहरू बीच प्रतिस्पर्धा बढ्ने अपेक्षा गरेको जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: ३० जेष्ठ २०८२, शुक्रबार