नेपाल टेलिकमको अहिलेको अवस्था बारेमा छलफल गर्दैगर्दा नेटवर्क नै डाउन

  • Technology Khabar | २६ जेष्ठ २०८२, सोमबार
नेपाल टेलिकमको अहिलेको अवस्था बारेमा छलफल गर्दैगर्दा नेटवर्क नै डाउन

काठमाडौं ।

नेपाल टेलिकमको सेवामा आज सोमबार अपरान्ह समस्या देखिएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा टेलिकमको एमडीलाई संगिता पहाडी अर्यालसहितका अधिकारीहरूलाई अख्तियारले मुद्दा हालेपछिको वर्तमान अवस्थाको बारेमा छलफल भइरहँदा टेलिकमकै नेटवर्क ठप्प भएको थियो।

टेलिकमकै उच्च अधिकारीहरू र मन्त्री तथा सचिवसहितको बैठक बसिरहेको समयमा सेवा बन्द हुँदा एकछिन सबैलाई तनाव भएको थियो।

“सेवा करिब १५ मिनेट अवरुद्घ हुँदा बैठकमा नै खैलाबैला मच्चिएको थियो,” स्रोतले भन्यो।

उक्त बैठकमा नेपाल टेलिकमका कर्मचारीहरूलाई उच्च मनोबलका साथ काम गर्न सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरूङ र सञ्चार सचिवले निर्देशन दिएका थिए।

टेलिकमकै एक उच्च अधिकारीले भने केही समय मात्रै नेटवर्क डाउन भएको दाबी गरे।

“करिब ८/९ मिनेट मात्रै डाउन भयो। तर बैठकको समयमै पर्दा तनाव भयो,” उनले भने, “ओसिआरमा समस्या आएको भनियो। र भेन्डरले तुरून्त बनायो।”

यस विषयमा ओैपचारिक जानकारी लिन टेलिकमका प्रवक्तालाई पटक पटक सम्पर्क गर्न  खोज्दा उनको मोबाइल स्विच अफ रहेको नेटवर्कले जानकारी दिएको थियो।

प्रकाशित: २६ जेष्ठ २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार