इनड्राइभद्वारा काठमाडौंमा आफ्नो औपचारिक कार्यालय उद्घाटन

  • Technology Khabar | २६ जेष्ठ २०८२, सोमबार
इनड्राइभद्वारा काठमाडौंमा आफ्नो औपचारिक कार्यालय उद्घाटन

काठमाडौं ।

नेपालको एक अग्रणी राइड–हेलिङ एप, इनड्राइभले काठमाडौंमा आफ्नो आधिकारिक कार्यालय उद्घाटन गरेको छ।

यो इनड्राइभको स्थानीय ड्राइभर पार्टनर्सहरू प्रति समर्पण, शहरभरि राइडहरूको लागि सेवाको गुणस्तर बढाउने, र कम्युनिटी इनिसिएसनलाई सशक्त बढाउने आफ्नो प्रतिबद्धतालाई सुदृढ पार्ने एउटा प्रमुख कदम भएको बताएको छ।

नयाँ कार्यालयले ड्राइभर पार्टनर्सलाई सशक्त बनाउने र समग्र इनड्राइभ अनुभव सुधार गर्ने उद्देश्यले विभिन्न सेवाहरूको लागि केन्द्रको रूपमा काम गर्ने उल्लेख छ।

यस कार्यालयमार्फत इनड्राइभले अब ड्राइभर सपोर्ट, सीप विकासका लागि तालिम कार्यक्रमहरू, समुदाय तथा सुरक्षा–केन्द्रित अभियानहरू, साथै स्थानिय आवश्यकता अनुसार अनुकूलित मार्केटिङ र साझेदारी कार्यक्रमहरू सञ्चालन गर्नेछ।

इनड्राइभका एपीएसी रिजनल डाइरेक्टर मार्क टोलीले भने, “हामी इनड्राइभमा, काठमाडौँमा हाम्रा ड्राइभर पार्टनर्स र स्थानीय समुदायका लागि अफिस खोल्न पाउँदा अत्यन्तै उत्साहित छौं। यो नयाँ कार्यालय केवल एउटा कार्यस्थान मात्र होइन, यो एक यस्तो समर्पित समर्थन केन्द्र हो जहाँ हाम्रा ड्राइभर पार्टनर्सले आवश्यक सहयोग, मार्गदर्शन, तालिम तथा आत्मबल प्राप्त गर्न सक्छन्। हामी चाहन्छौं कि उनीहरूले यहाँ आएर इनड्राइभको अभिन्न हिस्सा भएको अनुभव गरून्। यो केन्द्र उनीहरूको सफलतालाई अझ सशक्त बनाउने माध्यम हो।”

इन्ड्राइभकाअनुसार, नयाँ कार्यालयमा नियमित प्रशिक्षण सत्रहरू सञ्चालन गरिनेछ जसले चालकहरूलाई व्यावसायिक रूपमा बढ्न र उच्चतम स्तरको सेवा प्रदान गर्न आवश्यक ज्ञान र जानकारीहरू प्रदान गर्नेछ। थप रूपमा, चालकहरूले कुनै समस्याको सामना गरेमा वा टिम मेम्बरसँग व्यक्तिगत रूपमा कुरा गर्न चाहेमा सिधै कार्यालयमा जान सक्नेछन्।

इनड्राइभ नेपालकी डाइरेक्टर रीता पोखरेलले भनिन्, “नेपाल हाम्रो लागि एउटा महत्वपूर्ण र प्राथमिक बजार हो। काठमाडौंमा नयाँ कार्यालय स्थापना गर्नु भनेको केवल एक भौतिक संरचना खडा गर्नु मात्र होइन, यो हामीले नेपाली ड्राइभर पार्टनर्ससँग निरन्तर निर्माण गर्दै आएको विश्वास र सहकार्यको प्रतिक हो। नयाँ कार्यालय हाम्रो प्रतिबद्धताको स्पष्ट प्रमाण हो- यो एक यस्तो स्थान हुनेछ, जहाँ चालकहरूले आवश्यक सहयोग, प्रशिक्षण, र अवसर पाउन सक्नेछन् । तर अझ महत्वपूर्ण कुरा, यो स्थान उनीहरूले आफ्ना आवाजहरू सुरक्षित रूपमा अभिव्यक्त गर्न, व्यक्तिगत र व्यावसायिक रुपमा दक्षता वृद्धि गर्न, र इनड्राइभको यात्रामा सक्रिय साझेदार बन्न महत्वपूर्ण हुनेछ।”

 

काठमाडौंमा कार्यालयले चालकहरूसँगको सम्बन्धलाई अझ मजबुत बनाउने माध्यमका रूपमा हेरेको र यसले भविष्यमा अझ बढी समावेशी र दिगो परिवहन प्रणालीको निर्माणमा योगदान पु‍र्याउने जनाएको छ।

प्रकाशित: २६ जेष्ठ २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

के यो संसारको सबैभन्दा सानो कार हो?

  • Technology Khabar
  • २६ जेष्ठ २०८२, सोमबार