विपदबारे पूर्वसूचनासम्बन्धी जानकारी दिन निःशुल्क मोबाइल रिङ ब्याकटोन बजाउन सकिने

Technology Khabar २६ जेष्ठ २०८२, सोमबार

विपदबारे पूर्वसूचनासम्बन्धी जानकारी दिन निःशुल्क मोबाइल रिङ ब्याकटोन बजाउन सकिने
बिङ एआई इमेज क्रियटरमार्फत् तयार पारिएको

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले विपद्, महामारी वा राष्ट्रिय सुरक्षासँग सम्बन्धित पूर्वसूचनासम्बन्धी सूचना टेलिकम सेवा प्रदायक कम्पनीलाई निःशुल्क मोबाइल रिङ ब्याकटोन बजाउन अनुमति दिने भएको छ।

राष्ट्रिय दिवसहरु (संविधान दिवस, प्रजातन्त्र दिवस, गणतन्त्र दिवसलगायत) वा नेपाल सरकार मन्त्रिपरिषद्बाट राष्ट्रिय दिवस वा राष्ट्रियस्तरमा मनाउने भनी निर्णय भएका विषयसम्बन्धी सामग्री वा विपद्, महामारी वा राष्ट्रिय सुरक्षासँग सम्बन्धित पूर्वसूचना वा जानकारीमूलक सामग्रीसहित सन्देशहरु सम्बन्धित निकायबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा अनुरोध भई आएमा निःशुल्क मोबाइल रिङ ब्याकटोन (आरबिटी) बजाउन अनुमति दिन सक्ने  सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयले जनाएको छ।

“कुनै सरकारी निकाय, सार्वजनिक संस्था वा सामाजिक संस्थाको स्थापना दिवस, विशेष दिवस वा ती निकायसँग सम्बन्धित जानकारीमूलक सूचना, धुन नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम सेवा प्रदायक कम्पनीलाई सःशुल्क (आरबी टी) बजाउन अनुमति दिन सक्ने र आरबि टीको शुल्क निर्धारण नेपाल दूरसञ्चार प्राधिकरणबाट हुने छ”, मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ।

मन्त्रालयले  सन्देश वा धुन वा कुनै धर्म, जातजाति, भौगोलिक क्षेत्र वा समुदायको चाडपर्व, मेला वा विशेष अवसरसँग सम्बन्धित सन्देश वा शुभकामना वा सो सम्बन्धी धुन नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम सेवा प्रदायक कम्पनीलाई सःशुल्क सिआरबी टी बजाउन अनुमति दिन सक्ने र आरबी टीको शुल्क निर्धारण नेपाल दूरसञ्चार प्राधिकरणबाट हुने भएको छ-रासस

प्रकाशित: २६ जेष्ठ २०८२, सोमबार

तपाइको प्रतिक्रिया