गुगलको जेमिनीले अब निर्धारित कार्यहरूलाई समर्थन गर्ने

Technology Khabar २६ जेष्ठ २०८२, सोमबार

काठमाडौं ।

गुगलको जेमिनीले आईतबार निर्धारित कार्यहरूको लागि समर्थन प्राप्त गरेको छ। जेमिनी एपमा यसले प्रयोगकर्ताहरूलाई जेमिनीबाट सिधै “नियमित कार्यहरू सुव्यवस्थित गर्न वा व्यक्तिगत अपडेटहरू प्राप्त गर्न” अनुमति दिनेछ भनि गुगलले उल्लेख गरेको छ।

कुनै एक विशेष समयमा एक विशेष कार्य गर्नको लागि यसलाई आग्रअ गर्न सकिने वा प्रम्प्टलाई पुनरावर्ती कार्यमा रूपान्तरण गर्न सकिने जनाइएको छ। सेटिङहरू भित्र उपल्बध एउटा नयाँ सेड्युल्ड एक्सन्स पेज (अनुसूचित कार्यहरू पृष्ठ) मा यसलाई कुनै पनि समयमा व्यवस्थापन गर्न सकिने उल्लेख गरिएको छ।

‘तपाईं आफ्नो क्यालेन्डर र नपढिएका इमेलहरूको सारांशको सोध्न, जेमिनीलाई हरेक सोमबार तपाईंको ब्लगको लागि पाँच विचारहरू लेख्न लगाउन, तपाईंको मनपर्ने खेलकुद टोलीको बारेमा अद्यावधिकहरू प्राप्त गर्न वा जेमिनीलाई त्यो हुने दिनको अवार्ड शोको सारांश दिन भन्न सक्नुहुन्छ’ भनि गुगलले उदाहरणहरू दिएको छ। साथै यी उदाहरणहरू बाहेक असीमित अन्य प्रयोगहरू पनि गर्न सकिने थप उल्लेख गरिएको छ।

यस बाहेक सेड्युल्ड एक्सन्स (निर्धारित कार्यहरू) केवल गुगल एआई प्रो वा अल्ट्राको सदस्यता लिनेहरूका साथै “गुगल वर्कस्पेस व्यवसाय र शिक्षा योजनाहरूलाई योग्य बनाउने” का लागि मात्र उपलब्ध भएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: २६ जेष्ठ २०८२, सोमबार

तपाइको प्रतिक्रिया