पहिलो त्रैमासिकमा ल्याटिन अमेरिकी स्मार्टफोन बजारमा स्मार्टफोन ढुवानी ४ प्रतिशतले घट्यो, सामसङ र शाओमी अग्रपंक्तिमा

Technology Khabar २४ जेष्ठ २०८२, शनिबार

काठमाडौं ।

ल्याटिन अमेरिकन स्मार्टफोन मार्केट (एलएटीएएम) सन् २०२५ को पहिलो त्रैमासिकमा वार्षिक रुपमा ४ प्रतिशतले घटेको र यस गरिवटसँगै छैटौं–त्रैमासिक वृद्धिको क्रम समाप्त भएको छ। यो क्षेत्रमा ढुवानी ३३.७ मिलियन पुगेको बताइएको छ जुन गत वर्षको ३४.९ मिलियन भन्दा कम हो। यस अवधिमा ब्राजिलले ३ प्रतिशतको सामान्य वृद्धि देखाएको छ। यस क्षेत्रको सबैभन्दा ठूलो बजार मध्य एक ब्राजिलले कुल स्मार्टफोन बिक्रीको ३८ प्रतिशत ओगटेको उल्लेख छ।

दोस्रो ठूलो बजार मेक्सिकोमा २२ प्रतिशत ढुवानी भए पनि बिक्री भने १८ प्रतिशतले घटेको छ। यो तीव्र गिरावट सन् २०२४ मा बढेको प्रतिस्पर्धाको कारणले हुन सक्ने जनाइएको छ जसले एग्रेसिभ डिभाइस रिनुअल (आक्रामक उपकरण नवीकरण) गर्न बाध्य पारेको थियो।

बिक्रीमा ७ प्रतिशत गिरावटको साथ मध्य अमेरिका क्षेत्र तेस्रो स्थानमा रहेको छ भने चौथो र पाँचौं स्थानमा रहेको कोलम्बिया र पेरुले पनि बिक्रीमा गिरावटको अनुभव गरेका छन्।

ब्रान्डहरूको सर्दभमा, सामसङले वार्षिक रूपमा ७ प्रतिशत स्वस्थ वृद्धि गर्दै पहिलो स्थानमा कायमै राखेको छ। मुख्यतया लो–इण्ड मोडेलहरूद्वारा सामसङको वृद्धि संचालित भएको उल्लेख गरिएको छ। शाओमीले भने अझ ठूलो १० प्रतिशतको वृद्धि गर्न सफल भएको र मुख्यतया किफायती रेडमी लाइनअपले कम्पनीको वृद्धिमा योगदान पुर्याएको उल्लेख गरिएको छ।

मोटोरोला भने कुल बिक्रीमा १३ प्रतिशत गिरावटको साथ तेस्रो स्थानमा झरेको छ। अनरले २ प्रतिशत बढी ढुवानीका साथ चौथो स्थानमा उक्लिन सफल भएको छ। यसको विपरित, ट्रान्ससनले बिक्रीमा ३८ प्रतिशत गिरावटको साथ पाँचौं स्थानमा झरेको छ।

आगामी दिनहरुमा, क्यानालिसले बढ्दो आर्थिक अनिश्चितता र शुल्कको डरका कारण सन् २०२५ मा ल्याटिन अमेरिकन स्मार्टफोन मार्केट (एलएटीएएम) १ प्रतिशतले संकुचित हुने अनुमान गरेको छ। मानिसहरूले आवश्यक नभएका स्तरोन्नतिलाई स्थगित गर्दै अपग्रेड चक्र विस्तार गरिरहेका छन्। उदीयमान बजारको रूपमा, ल्याटिन अमेरिका भूराजनीतिक र विश्वव्यापी आर्थिक अवरोधहरूबाट धेरै प्रभावित छ। उदाहरणका लागि, बढ्दो संयुक्त राज्य अमेरिका–चीन तनावले सम्भावित रूपमा यस क्षेत्रमा आर्थिक अस्थिरता र मुद्रास्फीति निम्त्याउन सक्ने सम्भावनाको उल्लेख गरिएको छ।

त्यसैगरी, विक्रेताहरू पनि सतर्क भइरहेको बताइएको छ। उनीहरूले आक्रामक बिक्री रणनीतिहरूबाट पछि हटेका र सन् २०२५ को पहिलो त्रैमासिकमा इन्भेन्टरीहरू कम राखेको बताइएको छ जसले यस क्षेत्रको बजार प्रदर्शनलाई पनि असर गरेको जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: २४ जेष्ठ २०८२, शनिबार

तपाइको प्रतिक्रिया